Sunday, February 28, 2010

गजल

कमल राज के.सी.

भत्किएछ तिमी सम्म पुग्ने अब बाटो छैन

मुटु भित्र घाउ छ तर हेर्दा कुनै खाटो छैन

हुँ नेपाली नेपाल मेरो देश हो भन्छु तर

छ अर्कैको मुठी भित्र आफु सगँ माटो छैन

महलको मालिक यहाँ सधै दशै मनाउँछ

गरिबको झुपडिमा छाक टार्न आटो छैन

दुखेको छ जता ततै सुस्ता मात्र कहाँ हो र

दुख्न बाँकि यो देशको अब कुनै पाटो छैन

भाई फुटेर गवारले लुटि सक्दा पनि

किन भन्छौ आझै एक आपसमा फाटो छैन

एक चोटि सम्झ फेरी पुर्खाको त्यो वलिदानी

यो भूमिमा कहाँ मात्र रगतको टाटो छैन

अछाम

No comments:

Post a Comment