Monday, March 1, 2010

गजल

राम प्रसाद अधिकारी
ढल्न परे सिधै ढल्छु चुकेर चै बाँच्दिन म
सामन्तको नजर सामू लुकेर चै बाँच्दिन म

केही गर्ने साहस बोकि बढ्छु सधै अघि अघि
निरिह भै शत्रुसँग झुकेर चै बाँच्दिन म

दुःख गर्छु मेहनत गर्छु खोपडीलाई चलाउँछु
दुनियाँको संघारमा ढुकेर चै बाँच्दिन म

औला ठाडा बनाएर सधै बोल्छु सत्य कुरा
झुटा, फुस्रा, बेकुफीवान फुकेर चै बाँच्दिन म

आफ्नो इज्जत अन्तर्यामी सबै सामु छिपेको छ
आफु स्वंय आफैलाई भुकेर चै बाँच्दिन म

सवैश्रेष्ठ प्राणी बन्ने विधाताले जिम्मा दियो
गल्लि गल्लि कुत्तासरि भुकेर चै बाँच्दिन म
सुप्रभात साहित्य समूह

No comments:

Post a Comment