Sunday, April 11, 2010

किन यस्तो गर्छौ ?- कविता

सृजना अधिकारी

आँसु र रगतको खोला
बगिरहेको बेला
बाँध बाँध्न नखोज्ने तिमीहरु
कति स्वार्थी छौ

लडेका बेवारिसे लासहरुलाई
लत्याउदै हिड्छौ
तर
उठाउने प्रयास कहिल्यै गर्दैनौ तिमीहरु
कति स्वार्थी छौ ।
नियम कानुन केही बनाउन नखोज्ने
तिमीहरु बरु कारागारको संख्या
बढाउन खोज्छौ ।

हत्या, हिंसा, बलात्कार
बढिरहेको बेला
रोक्न खोज्दैनौ तिमीहरु
बरु घुस खाएर
अझै प्रोत्साहन दिदैँ गर्छाै
तिनै अपराधीहरुलाई ।

आफु माथि पुग्नलाई
आफ्नो अस्तृत्व नै गुमाउन पछि नपर्ने
तिमीहरु जनताको
अगाडि कसरि टिक्न सक्छौ
आत्म निर्भर भएर देश
हाँक्न नसक्ने
तिमीहरु किन विदेशीको आडमा
बाँच्ने गर्छाै
बरु कान समातेर निर्णय गर
राजनीतिलाई सदाको निम्ती त्याग्ने

आउन सक्छ अरु
तिमीहरु भन्दा बेग्लै तरिकाबाट
सहज रुपले देश चलाउने

भो अब छोड तिमीहरु
अघाइसके जनता
तिमीहरुको व्यावहारबाट
हैन भने किन यस्तो गर्छाै ।

No comments:

Post a Comment