Saturday, April 24, 2010

म कता जाउँ आमा - कविता

सुजन बैरागी
तिमीले पढ्न पठाएकी तिम्रो छोरो
तिम्रो न्यानो काखबाट टाढा
तिम्रो आँखाबाट टाढा
यो शहरको भिडभाडमा
हराएर पनि नहराई
तिम्रो सपना पूरा गर्न लागिरहदा
क्याम्पसको राजनीतिले छुन नसकेको
पार्टीगत नेतृत्वले तान्न नसकेको
तिम्रो छोरो
जन आन्दोलनमा दिलो ज्यान लगाएर होमिदा
लाठी, फोहोरा, अश्रुग्याँस, गोली, कर्फु
सबै तोडेर लोकतन्त्र ल्याइयो
सबै खुसिले रमाउन थाले
अब फेरी जेठ १४ आयो
संविधान लेखिने दिन
तर अब पक्का भयो
यो दिनमा पनि संबिधान लेखिने छैन
यता सेना भर्ति गर्न थाले
उता खुकुरी तालिम
लाठी तालिम खै के के पो
अब फेरी मैले जानै पर्छ रे
आमा म कता जाउँ ?

No comments:

Post a Comment