Thursday, June 3, 2010

गजल

बिमला पोख्रेल
समयले थप्दै गयो चोट जिन्दगीको
भत्के पछि आशा अनि अठोट जिन्दगीको

एकातिर टाल्दै लान्छु अर्काे तिर च्यातिदैछ
लाए पछि माया मानी खोट जिन्दगीको

फिका भए जीवनका रङ्ग सुकेपछि आस्थाका फूल
परे पछि वगरमा बोट जिन्दगीको

जहाँ टेक्छु पहिरो जान्छ बोझ भएकी धर्तीको
नपाउदा आधार अनि सपोट जिन्दगीको

आफ्नै ठाने जीवनमाने छल्यो आज कर्मले नै
बिक्यो आज पिरतीमा नोट जिन्दगीको

दुख्दा कतै मनहरु कतै हर्ष उल्लास हुन्छ
किन ? फरक फरक हजुर बनोट जिन्दगीको

No comments:

Post a Comment