Saturday, June 19, 2010

गजल


राम प्रसाद अधिकारी
धर्ती अन्धकार छ जूनको कुरा नगर
लुटा फटा पापीको देशमा कानुनको कुरा नगर

नेपाल आमा डाँको छोडि चित्कारले रोएकी छिन
भो मिठो संगीत र धुनको कुरा नगर

आँटो पिठो रोटोले पेट भर्न गाह्रो पर्छ यहाँ
अब गला सजाउने सुनको कुरा नगर

तीन तारे र पाँचतारेमा पुजिँवाल छ सधँै मख्ख
रोल्पा हुम्ला अलिनो छ नुनको कुरा नगर

यता उता जता फक्र्यो सबै पापी ज्यानमारा
सहिद सधँै रोएको छ खुनको कुरा नगर

स्वार्थ लुट्ने होडबाजीमा तँ छाड मछाड चलेपछि
दाजुभाईमा गोली चल्छ गुनको कुरा नगर

No comments:

Post a Comment