Saturday, June 12, 2010

मणि अर्याल
देशको लागि काम लाग्ने गजल लेख्न सकिन मैले
आमा रुदाँ आसुँ पुछ्ने गजल लेख्न सकिन मैले

सयौ पटक बहिनीहरु बलत्कृत हुदाँ पनि
सुरक्षाको कबज बन्ने गजल लेख्न सकिन मैले

विकृती र विसङ्गती सँग लड्दा खेरी छारे तर
गरिबीको लडाई जित्ने गजल लेख्न सकिन मैले

जताततै देख्छु म अराजक गतिविधि
समाधानको गोरेटोको गजल लेख्न सकिन मैले

देश दुख्दा कविहरुले कलम चलाउन छाडेको बेला
श्रष्टाहरुलाई झक्झक्याउने गजल लेख्न सकिन मैले
नेपालगञ्ज

No comments:

Post a Comment