Saturday, June 5, 2010

गजल

युगज्योती क्रियाशिल
आफ्नै नियतीले आफैलाई डसेको मान्छे म
जिन्दगीको यो जंजालमा फसेको मान्छे म

कठै ! आसाँ पो परेछ मेरो भागमा हजुर
पीडाको जंजिरले मलाई कसेको मान्छे म

पाउँछु कि कतै तिम्रो माया भनि सुटुक्कै
थाहै नदिई तिम्रो मुटुमा बसेको मान्छे म

जानी नजानी म तिमीलाई पाउँ भनि
देवी देवता भाक्न मन्दिर पसेको मान्छे म

कहाँ थियो र भाग्यमा मेरो तिम्रो साथ
बेहोशी मै प्रेमको रङ्ग घसेको मान्छे म

No comments:

Post a Comment