Saturday, June 5, 2010

गजल

सरुआस्था
जल्यो चित्ता हेरिरहे जलि जान सकिन म
चिता माथि लप्कासँगै बली जान सकिन म

टुक्रिएर गयो आत्मा लाससँगै खरानी भो
पीडा धेरै होला भाग छली जान सकिन म

कति दुखाउँछो दैव दुख्न पनि छाडिसक्यो
आफ्नै मुटु टुक्रिदा नी चली जान सकिन म

साथ हुन्छु अन्त्य सम्म भन्नेले नै छोडिगए
फुल्न सँगै फुल्यौ तर फली जान सकिन म

धेरै चँढे संसारमा दुःखै दुःख सिढीहरु
तर पनि संसारबाट गली जान सकिन म

No comments:

Post a Comment