Saturday, June 12, 2010

गजल


तिब्बत दर्लामी ‘आगन्तुक’
नसोध साथी देशको हाल माटो छ दुखेको
कसरी पुग्ने लक्ष्यमा हामी बाटो छ दुखेको

चन्द्र र सूर्य नेपाली झण्डा पिरले गल्दैछ
दाजु र भाई मिलन छैन फाटो छ दुखेको

सगरमाथा रोएको कठै ! कस्ले पो देख्छ र ?
ढुक्ढुकी चल्छ मुटुको भित्री पाटो छ दुखेको

आगोको वर्षा दर्किन खोज्छ बुद्धको बस्तीमा
युद्धको घाउ बल्झिन्छ क्यारे खाटो छ दुखेको

सक्दछौ भने शहिद तिमी फर्केर आउ न
रगत त्यसै सुक्ने भो हेर टाटो छ दुखेको

No comments:

Post a Comment