Thursday, June 3, 2010

गजल

सुजन बैरागी
तिमीले महल ताक्यौ मैले यहि झुपडी टालीराछु
तिमीले बाली गयौ पानस मैले तेल हालीराछु

आफ्नै मात्र सोच्दा रैछन् अरुको केही वास्ता छैन
धोका खाईसकेपछि बल्ल चिन्न थालीराछु

फूल देखाई काँडा दिँदारैछन् कहाँ कोही कोही
काँडैकाडा भयो जीवन काडैमा पद चालीराछु

यता हे¥यो छिद्रैछिद्रा उता पनि उस्तै देख्छु
कुनै दिन त टालीएला आशा मनमा पालीराछु

अँधेरो छ संसारसँगै मन पनि अधेरो नै
ज्योती दिन पनससँगै मनको दीप बालीराछु

No comments:

Post a Comment