Thursday, July 29, 2010

बालकविता

कोईराला सूर्यकिरण

आफ्नो देश छाती भरि
आँखा भरी भरी
राखी रहुँ जस्तो लाग्छ
मुटु भरी भरी
श्रम अनि सृजनाले
देश भर्नु पर्छ
बर्खतले भ्याए सम्म
यही केही गर्नु पर्छ
दृश्य टिप्ने आँखा हाम्रो
मुटु राख्ने ठाँऊ
समाज र सृजना नै
हाम्रो शहर गाऊँ
जति छर्छौ श्रम ज्ञान
पसिनाका दाना
त्यती देश उर्वर हुन्छ
र जाजल्यमान
जहाँ गयो त्यही जान्छ
नेपालको माया
जानी राख तिमी साथी
घाम भए छाँया
हामी पौरख गर्दै जाउँ
हेर्छ हाम्रो शेष
चन्द्र सूर्य रहुन्जेल
रहन्छ हाम्रो देश ।

No comments:

Post a Comment