Thursday, July 29, 2010

गजल

केशबराज निश्चल
लजालु त्यो तिम्रो बानीमा अल्झे
कहिले क्रन्दन अनि रुमानीमा अल्झे

अनिदो चक्षु अनि यामिनीको रातमा
यादको सपनासँगै शिरानीमा अल्झे

कल्पनामा भानुको रश्मीसँगै चम्किएकी
तिम्रै छाँँया देख्न निर्मल पानीमा अल्झे

सौन्दर्यको मौनतामा तिमीसँगै हराएर
टोलाउदै एकोहोरो अञ्जानैमा अल्झे

झिमझिम परेलीमा पिरतीको भाकासँगै
अनौठो तिम्रो जवानीमा अल्झे

प्रभातको किरण अनि पवनसँगै निश्चल
प्राकृतिक वहाबसँगै विहानीमा अल्झे

No comments:

Post a Comment