हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Thursday, July 29, 2010

बालकविता

कोईराला सूर्यकिरण

आफ्नो देश छाती भरि
आँखा भरी भरी
राखी रहुँ जस्तो लाग्छ
मुटु भरी भरी
श्रम अनि सृजनाले
देश भर्नु पर्छ
बर्खतले भ्याए सम्म
यही केही गर्नु पर्छ
दृश्य टिप्ने आँखा हाम्रो
मुटु राख्ने ठाँऊ
समाज र सृजना नै
हाम्रो शहर गाऊँ
जति छर्छौ श्रम ज्ञान
पसिनाका दाना
त्यती देश उर्वर हुन्छ
र जाजल्यमान
जहाँ गयो त्यही जान्छ
नेपालको माया
जानी राख तिमी साथी
घाम भए छाँया
हामी पौरख गर्दै जाउँ
हेर्छ हाम्रो शेष
चन्द्र सूर्य रहुन्जेल
रहन्छ हाम्रो देश ।

गीत


सुजन बैरागी
घाउ त घाउ न हो बल्झी बल्झी दुख्छ
यात्रा न हो जिन्दगी अल्झि अल्झि दुख्छ

सधैँ हाँसी खुसी बाचौ सबैले यही चाहन्छ
सुख मात्र हुन्न जीवन दुःख तिर गई अल्झन्छ
हृदयमा घाउ लागेसी बल्झि बल्झि दुख्छ
यात्रा न हो जिन्दगी अल्झि अल्झि दुख्छ

आफ्नो वास्तै नगरेर धनको पनि लाग्छ मान्छे
केहीकाम छैन धनको शैया परेपछि जाग्छ मान्छे
अतितका दिनहरु बल्झि बल्झि दुख्छ
यात्रा न हो जिन्दगी अल्झि अल्झि दुख्छ

गजल

पारुस्मृती
समीप भई तिम्रो हात समाउने चाह थियो
तिमीसँगै जिन्दगीभर रमाउने चाह थियो

व्यर्थै भए स्वप्न सारा हृदयका
प्रणयको ऐश्वर्य कमाउने चाह थियो

तिम्रै निम्ती धड्ककीएको जुनी भरको फगत
स्पन्दनको चाल मात्रै छमाउने चाह थियो

पराईकै बन्धनमा बाँधिएको रै छौ
तिम्रो मनमा स्थाई डेरा जमाउने चाह थियो

अपुरै भो जिन्दगी जन्म मेरा लागि
केबल तिमीलाई वरमाला थमाउने चाह थियो

गजल

केशबराज निश्चल
लजालु त्यो तिम्रो बानीमा अल्झे
कहिले क्रन्दन अनि रुमानीमा अल्झे

अनिदो चक्षु अनि यामिनीको रातमा
यादको सपनासँगै शिरानीमा अल्झे

कल्पनामा भानुको रश्मीसँगै चम्किएकी
तिम्रै छाँँया देख्न निर्मल पानीमा अल्झे

सौन्दर्यको मौनतामा तिमीसँगै हराएर
टोलाउदै एकोहोरो अञ्जानैमा अल्झे

झिमझिम परेलीमा पिरतीको भाकासँगै
अनौठो तिम्रो जवानीमा अल्झे

प्रभातको किरण अनि पवनसँगै निश्चल
प्राकृतिक वहाबसँगै विहानीमा अल्झे

गीत

सरुआस्था
साँच्चै मर्थे तिम्ले प्रित नलाएको भएदेखि
मेरो जिन्दगीमा निमी नछाएको भएदेखि

बसन्तको फूलसरी मनमा मिठो रङ्ग भर्दै
आयौ तिमी मेरो वागमा अनुपम त्यो रुप छर्दै
उराठ हुन्थ्यो जीवनमा रङ्ग नपाएको भएदेखि
मेरो जिन्दगीमा निमी नछाएको भएदेखि

फुलेका छन खुसी मेरा डाडाँ काँडा सबै ढाकी
जीवन यो सजिएछ तिमीलाई नै मनमा राखी
मथ्र्याे मेरो प्रित तिमी नआएको भए देखि
मेरो जिन्दगीमा तिमी नछाएको भएदेखि

गजल

मिरा साकोरा
खै किन हो कुन्नी मन दुखेछ आज
नझुक्ने शीर किन झुकेछ आज

हरपर लुकामारी खेल्दै आखाँमा
उसकै प्रतिबिम्ब फुकेछ आज

धड्किन्छ मुटु यो उसैको यादमा
धड्कने मुटु किन रुकेछ आज
भुलु भन्दा उसलाई सदसदा
कल्पि कल्पि रुदाँ आसुँ सकेछ आज

के गरी कसरी बिर्सु उसलाई
अमिट बनि मनमा लुकेछ आज

मुटुमा सजाई माया गर्छु भन्थ्यो
त्यही माया गर्नेले नी भुकेछ आज

आफेलाई बिर्सिएर माया गरे
खै माया कहाँ नेर चुकेछ आज

गजल

मनोज ढुङ्गाना
सुस्तरी के यता हेर्नु भो फर्कदै
देख्छ कि झै गरी तर्कदै तर्कदै

आज भोली त गाह्रै छ रे भेट्न नी
बोल्न खोज्दै थिए डाक्नु भो झर्कदै

सुन्दथ्यौ मौन भै बस्नु भा को अरे
रिसले अग्नि भै बोल्नु भो चर्किदै

साधु जस्तै बनि ढाक्नु भो आशन
छोड्न मान्दै नमानी अझै मर्किदै

Tuesday, July 20, 2010

गजल

– सुजन बैरागी
फूल भनेर दियौ प्रेमले दिलमा लगाँए
काडाँ दिएकी रैछौ घोचे पछि पो थाहा पाँए

आफ्नै भनेर विश्वास गरे केथा जाली थियौ
मैले त तिमी नै हौ मेरी भनेर पो सजाँए

भर पर्नै नहुने भो आफ्नो ठानी कसैैलाई
तिमीमाथी यही गल्ति गरे र पो धोका खाँए

टिक्न सकिन तिम्रो सामू तिम्रो घृणा सहेर
हेर नसकेरै हो तिम्रो पासबाट हराँए

पटक पटक रित्तो बनाइसक्यौ र पनि
लौ अझै लुट्नु छ भने आउ म फेरी आँए

गजल

कोईराला सूर्यकिरण
आउन साथी बाँच्नकै लागि याा तिम्रो आँचो छ
बान्दी पार बाँध या छोड तिमीसँग साँचो छ

पर्दैन मानी खेतका माछा पुकारा गर्दै छन
इन्द्रकोल पुजा गर्दैछ किसान खेत चै बाँझो छ

कसरी आउँछौ आकाशबाट बर्सेर धर्तीमा
प्रेमको कुलो बगेर आउनु मेरो खेत बाझो छ

तिर्खाले झनरपात ओईलाईसके जमिन धाजो भो
झिनो छ आश पर्खेर बस्ने मन मात्र काचो छ

सितारा नानी तारा र जून आकाश ओढाई
धर्तीलाई साँची लगन गर्ने चाजो र बाजो छ

कविता– माझिमेलाको पाखो

अनुज गन्मी ‘फट्याङ्ग्रो’
माझिमेलाको पाखो
लामिटाकुरी माथी बसेर खुब हेँरे
एक दिन घरको धुरीबाट
अनि मलाई याद छ बाउन्न साल
मलाई सम्झना छ हाले गोरु र हस्तराज

बाली एैसेलु र काफलको बोट
घरमुनीको टिम्मरको रुख
खोल्स्याबटोको बास
र बुधि भाउजु ।

सिस्नुको झ्याङ र आरुको बोट
मलखाल्डोको मल र कुकुर दौडेको मेलो
बिरालोले मारेको मुसो
यि सबै याद छ मलाई ।

एउटा इतिहास परालको आगो
अर्काे रमाइलो पानीको मूल
एउटा पीडा माइली बज्यै
दयालु मन र मेरी आमा
बदनामको नाता दाजुभाई
मजाको सन्देश छोरीको विहे
बिशाक्त सोच पानीको पाइप र माइलो दाजु

विहानी मिर्मिरे, पुलीसको घेराबन्दि
हराएको होष र बहादुरी मन
मेरा बा र उनका काका
मेरो परिवार र मोती काकी
विगत र वर्तमान, माया र घृणा
गुमनाम भातृत्व र हराएको संयम

यि सबै क्षण छाल बनि तैरिरहन्छन मन भित्र
पीडा उस्तै जुन दिन माझिमेलो लुटिएको थियो
माले गोरु लडाइएको थियो
गिद्द मासु लुछ्दै थिए उसको
जसरी हामी लुछिएका थियौ
जल्दै थियो माझिमेलो लाग्थ्यो
मेरा टाकोको केशमा आगो सल्काएको जस्तो

सिनो खाने गिद्द र हस्तराज
खुसिको अपहरण र हत्या अनि यमराज
दुइटा राजको राजसँग तर्सिने गरेको छ
मेरो मन र माझिमेलोको पाखो ।

anuj _ganmi@yahoo.com



कविता – अनुशासित विद्यार्थी

सपना श्रेष्ठ
म हुँ एक विद्यार्थी
विद्यालय जान्छु
पढ्ने लेख्ने मेरो काम
हाँसी खुसी गर्छु
गुरु बा र आमालाई
सधँै मान गर्छु
राम्रो काम गर्नलाई
सधँै अघि बढ्छु
किताब कापी झोलामा हाली
विद्यालय जान्छु
साथीसँग मिलीजुली
म खाजा खान्छु
विद्यालय गएर
धेरै पाठ पढ्छु
सबै भन्दा ज्ञानी भई
ज्ञान आर्जन गर्छु
पढिलेखि ज्ञानी हुन्छु
अनि घर आउँछु
घर आई मुख धुन्छु
गृहकार्य गर्छु
– गौरी शंकर उ.मा.वि.
– कक्षा ६

मुक्तक

राम प्रसाद अधिकारी
दुःखबाट सुख छानी छानी खोच्छ मान्छे
सधै आफ्नो मात्र मनोमानी खोज्छ मान्छे
आफ्नै छायाँ भित्र आफु आफै हराउँदै
समुन्द्रमा तैरिएर पानी खोज्छ मान्छे

गजल

बुद्धलक्ष्मी तामाङ्ग
कहीँ माया धेरै भएर मनको बाँध फुट्यो
मनले दुःख भुट्यो खोटो माग्यको कर्म टुट्यो

तर कतैबाट केही भएन भगवान समयमा
त्यसै आँखा रसाएर समयको वेदनाले मलाई नै चुट्यो

शरीर सँगै मेरो मन पनि शोकाकुल हुँदा
यहाँको दिग्दिगान्त यस्तै रहेछ भावनाले मलाई नै लुट्यो

जता ततै लोभ लालच, घमण्ड अनि मनमुटाबको भावले
आधार शील स्तम्भको पाठमा मेरो आत ममता छुट्यो

कविता – माया

बिपना श्रेष्ठ
माया के हो बल्ल आज थाहा भयो
माया पाउछु भनेको त धोका भयो
कसलाई के भनौ म आखाँबाट आँसु चुईसक्यो
आँसु पुस्ने मान्े त मेरो मनबाट हटिसक्यो
नाम उसको के हो के हो माया मलाई बसिसक्यो
नाम उसको थाहा नपाउँदै माया मेरो हटिसक्यो
जिन्दगीको पहिलो माया उनीलाई नै गरेको थिएँ
बुझेन उसले मेरो माया कति माया दिएको थिए
कति सम्झाए उसलाई कति बुझाए
कसरी भनु म तिमीलाई मैले मन पराएँ
भएन दुई दिन पनि मैले मन पराएको
भएन हाम्रो मिलन मैले सोचेको जस्तो
गर्छन अरु माया अमृत हो माया भन्दै
रुन्छु म मेरो माया सम्झि कस्तो रै छ भन्दै
देख्छु अरुको माया कहिले नमरेको
सुन्छु म हल्ला आफ्नै आफन्तको
कस्तो अभागीम चाहेर पनि तिमीलाई पाउन सकिन
मेरो मनमा के छ उसले बुझ्न सकेन
लाग्छ मलाई माया तिम्रो जो कहिले पनि झुक्दैन
गर्थे म तिमीलाई माया जस्तो सागर कहिले पनि सुक्दैन
साथी नभनेनी शत्रु भने हुन्छ
तिम्रो माया मेरो मनमा सधै रहिरहन्छ
– गौरी शंकर उ. मा. वि. कक्षा ८

गजल

केशवराज निश्चल
औशीको मध्य रातमा जूनको कुरा नगर
मेरो सामू मोटर अनि सुनको कुरा नगर

सँगै जिउने कसममा उनके निम्ती अर्पित यो
यो जिन्दगीलाई धोका दिने उनको कुरा नगर

दिनरात जिएको छु आसुँ आसुँ पिएर म
आज मुखै अलिनो छ नुनको कुरा नगर

बेहोस छु उनको त्यो अनायासै पापी मनले
आफै हारे उनले देको गुणको कुरा नगर

निर्दाेषलाई फाँसी चढाई अपराधलाई सम्मान गर्ने
पैसा चलेको यो कानुनको कुरा नगर

गजल

अग्नि पुष्प
धन बटुल्न कोही थाक्दैन यो काठमाण्डौमा
निर्धक्क भै कोही हाँस्दैन यो काठमाण्डौमा

हुने खानेको होड चल्छ के रात के दिन
निर्धन र सोझा त बाँच्दैन यो काठमाण्डौमा

दिन रातै नभनी काम नी कहिले काही त
जाबो दुई टाक पनि पाक्दैन यो काठमाण्डौमा

जनताको श्रम चुस्दै थोत्रो सडकमा पजेरो
कुन नेता पन्त्रिले हाँक्दैन यो काठमाण्डौमा

मुखुरी काँ भन्दै्र ब्युझाउन गाँउ घरमा जस्तो
मिर्मिरेमा भाले बास्दैन यो काठमाण्डौमा