Sunday, February 21, 2010

गजल

-रबिन्द्र बि.सि.
फूल पनि हेर त उ काँडाबीच फूलेको छ
मनका सारा दुःख पीडा हाँसेरैै भुलेको छ

आँतिदैन दुःखमा मात्तिदैन सुखमा सँधै आफु
सहनशिल छ र त उ रिसमा पनि खुलेको छ

समथर फाँटहरुले सबैलाई पुग्दैन भन्ने
उसलाई थाहा छ र त उ भिरमा पनि फुलेको छ

मृत्यु कहिल्यै सोच्दैन उ र त कोमलता नहराई
घाममा होस वा वादलमा एकनासले फुलेको छ

घाम पानी झरी र हुरीबीच पनि उसले
हाँसो बाहिर निकालेर रोदन मन्मै हुलेको छ

मनने लोभिने गरि हाँसिदिन्छ र त आज उ
सबैको मनमन्दिरमा प्रिय भई फुलेको छ

No comments:

Post a Comment