Sunday, February 21, 2010

गजल

-राम प्रसाद अधिकारी
मन भित्रको कुभावना मार्न सके पो जिन्दगी
दरिद्रता सयौ डाँडा तार्न सके पो जिन्दगी

बाहिरका बेकार ढुङ्गगा पुज्दै भक्ति गर्नु भन्दा
देव खोज्न अन्तर आत्मा तार्न सके पो जिन्दगी

कर्मपथमा लागे पछि अवरोधले सताउँछ
जुक्ति खोज्दै अवरोधलाई टार्न सके पो जिन्दगी

परजीवि बन्दै घिसिपिटी जीवन ज्यूनु भन्दा
बसन् तझै हराभरा पार्न सके पो जिन्दगी

अज्ञान जति लाठो मुङ्ग्रो गर्दै टाढा भगाएर
बिचारलाई हूलसरि सार्न सके पो जिन्दगी

No comments:

Post a Comment