Sunday, March 7, 2010

गजल

रबिन्द्र बि.सी.
फुल्न खोज्ने कोपिलालाई रोक्छन यहाँ मान्छेहरु
म त यस्तो उस्तो भनि खोक्छन यहाँ मान्छेहरु

माया प्रेम खुसि पिइ आफ्नोपनको आभास दिई
मासु जोखे झै मान्छेलाई जोख्छन यहाँ मान्छेहरु

साँच्चै कस्तो अजिव र अनौठो छ संसार यो
मान्छेले मान्छेकै मोल तोक्छन यहाँ मान्छेहरु

बाहिर देखावटी रुपमा त सबै बन्न खोज्छन साधु
मानमा भने षडयन्त्रको झेली बोक्छन यहाँ मान्छेहरु

मानव हो कि दानव हो किटेर भन्नै गाह्रो
जसले शोषण दमण गर्छ उसैलाई ढोक्छन यहाँ मान्छेहरु

अलिकति अबिर लागाउदैमा खै के देख्छन कुन्नि
घृणा गरि मान्छेलाई ढुङ्गालाई ढोग्छन यहाँ मान्ेछहरु

पराइको त के कुरा भो आफ्नोले आफ्नैलाई
भुस्याहा कुकुरले टेके झै टोकछन यहाँ मान्छेहरु

No comments:

Post a Comment