Saturday, April 3, 2010

गजल

सरुआस्था
जन्मि जीवन भोगेपछि मर्नु नियति
सुन्दर फूल ओइलाएर झर्नु नियति

जे पाइन्छ जीवनमा सबै गुमाउदै
एउटा नहर अर्को बाढी तर्नु नियति

जीवन यो रङ्गमञ्च रंगिदिन्छ आफै
ख्यालठट्टा अभिनय गर्नु नियति

के के आउँछ पद चाल्दा सबै दुःख सुख
जीवनको क्यानभासमा भर्नु नियति

सन्तुष्टिको पर्यायमा बाँच्ने को नै छ र
यता टाल्यो उता भ्वाङ्ग पर्नु नियति

No comments:

Post a Comment