Saturday, April 3, 2010

गजल


सरुआस्था
मलाई त भर छैन तारा झार्ने कुरा गर्छौ
ढुङ्गामा नी फुल्छ रे फूल बेर्ना सार्ने कुरा गर्छौ

समुन्द्रमा घर कहाँ बन्छ र भो नराखे आश
वायुमण्डल मेरो भन्दै बार बार्ने कुरा गर्छौ

मनको फाँट सिंचिन्छ रे बाली त्यही छर्छौ कि त
उपयोगि काम भन्दा कुरै टार्ने कुरा गर्छौ

भावनामा भावनानै साटिनुको के जोख
कल्पनाको डुङ्गाचढि जिन्ते हार्ने कुरा गर्छौ

जीवन यो कहाँ फुल्छ कहाँ झर्छ थाहै हुन्न
काही आफ्नो नहुँदामा आत्मै मार्ने कुरा गर्छौ
काभ्रे

No comments:

Post a Comment