Saturday, April 3, 2010

गजल

कमला आँशु
मान्छेले नै मान्छे झाँट्या गजल लेख्नुपर्छ कान्छा
रक्सि पिउन छोरी साट्या गजल लेख्नु पर्छ कान्छा

घाँस दाउरा मेलापात र पँघेरीमा धाउँदा
सुन्तलीको चोली फाट्या गजल लेख्नु पर्छ कान्छा

गाँउवेसीकी बुढी आमा सकिुवामा बसी रुदाँ
उमेरले डाडाँ काट्या गजल लेख्नु पर्छ कान्छा

बाबु म¥या टुहुरा ती गरिबका लालाबाला
भुन्टेहरुले खोले चाट्या गजल लेख्नु पर्छ कान्छा

एकछाक जुटाउन संघर्षरत बुढा बाले
नाम्लो अनि दाम्लो बाट्या गजल लेख्नु पर्छ कान्छा
इलाम

No comments:

Post a Comment