Saturday, April 3, 2010

गजल


विवश थापा आशु
अध्यारोमा यात्रा गर्दा जून कति प्यारो हुन्छ
गरिबी जीवन थेग्न नुन कति प्यारो हुन्छ

माधुर्य नै कस्तो कस्तो सोरठीको खाल भित्र
सारङ्गी र मुर्चुङ्गाको धुन कति प्यारो हुन्छ

चखेवाको जोडि हेर्दा भित्र भित्रै थाहा हुन्छ
ईच्छा भित्र पोतिएका चुन कति प्यारो हुन्छ

सम्बन्ध नै गाँसि हालौ लुकिछिपि गर्नु भन्दा
पुस्तौ पुस्ता बंश धान्ने खुन कति प्यारो हुन्छ

सामीप्यमा प्यास साझा इच्छा पनि बुझ्नु पर्छ
स्पर्शमा जवानीको सगुन कति प्यारो हुन्छ
रुमानी मासिक

No comments:

Post a Comment