Saturday, April 24, 2010

गजल

एस.एच. निरौला

क्षितिजको आकाशमा हराउने यात्री हूँ म

तुफानी त्यो बतास मन् पराउने यात्री हूँ म ।।

ती पहाडी ओडारमा झर्नासँगै कुरा गरें

कैले हिमालमा चौंरी चराउने यात्री हूँ म ।।

तारा हेर्दै गगनका निदरीमा डुबेपछि

पौडी खेली तराईमा कराउने यात्री हूँ म ।।

प्रभातमा प्रकाशको किरणमा स्नानगरी

अँध्याराका पाटा अन्तै सराउने यात्री हूँ म ।

नेपालीको स्वाभिमान बिक्दै छ रे बजारमा

घुमिघुमि विक्री बन्द गराउने यात्री हूँ म ।।


No comments:

Post a Comment