Tuesday, July 20, 2010

गजल

केशवराज निश्चल
औशीको मध्य रातमा जूनको कुरा नगर
मेरो सामू मोटर अनि सुनको कुरा नगर

सँगै जिउने कसममा उनके निम्ती अर्पित यो
यो जिन्दगीलाई धोका दिने उनको कुरा नगर

दिनरात जिएको छु आसुँ आसुँ पिएर म
आज मुखै अलिनो छ नुनको कुरा नगर

बेहोस छु उनको त्यो अनायासै पापी मनले
आफै हारे उनले देको गुणको कुरा नगर

निर्दाेषलाई फाँसी चढाई अपराधलाई सम्मान गर्ने
पैसा चलेको यो कानुनको कुरा नगर

No comments:

Post a Comment