हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Sunday, May 23, 2010

कविता-श्रष्टा समय र सन्तान

अभिसित वसु
एकदिन अन्तरिक्षको धुमिल पर्दाभित्र
मेरा मित्र तिमीले खुल्ला प्रकृतीको कल्पना ग¥यौ
वास्तवमा तिमी बहुलाएका थियौ
आनायास उनीहरुले तिमीलाई तिम्रो परिचय दिदाँ
तिमी स्वच्छताको कोखलोमा रुमलिएर खितखितायौ
तिमी किन रोयौ र किन अस्पष्ट हाँसो हाँस्यौ
त्यो त समयको गर्भमा भुण भएर
विकसित भैरहेछ
मेरा मित्र कुनै दिन इतिहासको फिल्टरले उद्घोषण गर्नेछ
र तिम्रा अस्तित्ववान वेगको सम्वाहवानसँगै अनौठो भूगोलको खाका कोर्नेछ
तिम्रो हाँसो फेरी मेरो मगजमा झनझनाउने छ
त्यो दिन म पनि तिम्रो अस्पष्ट हाँसो हाँस्नेछु
बहुलाउने छु
वेदनामयी खकारको डल्लोले पृथ्वीको आकृतीलाई
सक्दो कलुषित तुल्याउनेछ
त्यतीबेला म तिमी भन्दा विज्ञानी बनेर
तटस्यताको भाव कोर्दै सत्यवान आधार शीलाको
फूर्ण खाका कोर्नछु , त्यतीबेला तिमी मेरा मित्र
मेरो मानसपटलमा अपरिभाषित एक नयाँ ध्रुवताराको
सिरानी बनाएर
पृथ्वी भन्दा पर
बिना चमक टिलपिलाउने छौ
पिलपिल पिलपिल मधुरो नक्षत्र
म सच्चितानन्द तारा
दिप्तिमय सप्तर्षिसँग एकता जोडेर
युद्धको आव्हान गर्नेछु
तिमी महत्वहीन कुनै आकाश गंगामा बिलाउनेछौ
म ध्रुवतारा
गलत अस्तित्वको पर्दाफास गर्दै
स्वंयम अस्तित्वको नयाँ नक्सा र विचारहरु कोर्नेछु
म नयाँ विशव र नयाँ अस्तित्वको प्रचण्ड दुत ।

No comments:

Post a Comment