हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Sunday, May 23, 2010

कविता

अधिकारी अनुप्रास
हावा चल्छ छरेर आँसु नभमा वर्षा सरी झर्झर
गोली चल्छ र जल्छ दिल सबको बन्दै सधै धर्मर
सुन्दैछौ पथमा र देश भरमा चित्कार यो रोदन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

आफ्नो स्वार्थ लेुटेर गर्जन गरी हुँकार चल्ने कतै
तन्द्रा भङ्ग गरेर चाल सबको रोकेर बड्ने कतै
आफ्ना दाजु भाइका उपरमा गोली चले दिन दिन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

रुन्छन रोग र भोकले जनहरु चिन्ता र आवेगले
को देला अब ओखती ती बिचरा बाच्छन सधै आशले
देख्दैनौ गरिबी पीडा दुःख कतै यो देशको क्रन्दन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

फोहोरी सब चाल चल्छ दुखिँया बेचेर माटो पनि
आफ्नो स्वर्थ लुटेर रम्छ सहजै छेकेर बाटो पनि
हे पापी जनहो कुबुद्धि मनमा बढ्दैछ के कारण
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

आफ्ना सन्ततीका भविश्य अब के सोच्दैन पुर्खा भने
बन्दै नोकर दाश खेप्छ बिचरा बेजोड सन्तानले
देश रुन्छ कहालिदै तर कतै सुन्दैन पापी मन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

हाम्रो देश उदाङ्गो भो दिन दिनै पस्दैछ बैरी पनि
नेपाली जन हो भयो नी अब के हेर्छौ रमिते बनि
पर्देशी रिपुको कुदृष्टि पथमा पर्दैछ यो दिन दिन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?
सुप्रभात साहित्य समूह (सदस्य)

No comments:

Post a Comment