हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Saturday, June 5, 2010

कविता

अधिकारी अनुप्रास
पानी झम्झम बर्षियो सगरमा ताराहरु अस्त छन
जनता दिनदिन भोकले मरिरहे नेता सधै मस्त छन
ज्वाला दन्दन दन्कियो सडकमा चल्दै इटा पत्थर
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

रोल्पा खेप्छ कठै अभाव नुनको हुम्ला रोयो भोकले
ब्याधा आँधी तुफानले धुरी ढल्यो रुन्छन बरा जोडले
जुम्लाको झुपडी भरि छ असिना आक्रान्त को देख्छ र
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

वार्ता चल्छ रिसोर्टमा दिनदिनै निष्कर्श निक्लन्न केही
आशा जिर्ण बनेर पर्दछ थला रुदैँ र व्यर्थै हुदाँ
गाँऊको घरको र देश भरको चित्कार को सुन्छर
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

चोरीको भएले कदापी कहिल्यै पर्दैन निन्द्रा कतै
गोली चल्छ र चल्छ बारुद खुँडा बर्सन्छ कोर्रा कतै
बैरीको बीचमा परि मुलुक नै काम्दै यो थर्थर
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

कोही ताक्छ र ताक्छ ताकिरहने कुर्सी र सत्ता सधै
कोही बुझ्दछ काम केही नगरी पेश्की र भत्ता सधै
यस्तो चाल बिछट्ट खप्न नसकि उल्र्याे महासागर
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

नेपाली घरको चुलो दिनदिनै निब्दैछ के कारणले
सारा देश रुवाउने धरमरा बाँचेर हिड्छौ किन
पापीको महिमा चले मुलुकको अस्थित्व के रहन्छ र
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

No comments:

Post a Comment