हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Saturday, June 26, 2010

कविता - बा नपिउनुस मलाई लाग्छ


कोईराला सूर्यकिरण

बा तपाई पिउनु हुन्छ मलाई लाग्छ
तपाईले पिउदा सारा गल्लि सडक र भित्ताहरु डरले काम्छन
तर ती नपाईएका हर चुस्किहरु मलाई आभास हुन्छन
बा तपाइृ परिवारको ठूलो भएर पिउनु हुन्छ
तर म सानो छु सानै भएर पिउनु पर्छ
तपाई अरुलाई फरक सोच्नु हुन्छ र दोस्नु हुन्छ
अरुले तपाई फरक सोच्छ र दोस्छ

बा तपाइलाई भविश्य दुख्छ र पिउनु हुन्छ
मलाई वर्तमान मात्र दुख्छ र तपाईले पिएको आभाष मात्र गर्छु
बा तपाई समयलाई दास सम्झनु हुन्छ र पिउनु हुन्छ
तर म आफुलाई समयको दास सम्झन्छु
र तपाईको मातको आभाष मात्र गर्छु
तपाई नफोरिने रबर बन्नु हुन्छ
म कोमल नौनी र रुवा हुन चाहन्छु
तपाई यस केटेराका बचेरा च्याँ च्याँ गर्दा
यिनको भविश्य छटपटाएर भुमरीमा पर्दा
समाज एक पटि र सम्पूर्ण समाज अर्काे पटि हुँदा
प्रिवारको दुृखाईको सङ्गीतमा सबै बिर्सेर ए
बा तपाइृ पिउनु हुन्छ मलाई लाग्छ
तपाईलाई देश दुख्दैन भेष दुख्दैन र केश दुख्दैन
दुख्दैन बा तपाईलाई स्वास्नी र छोरा छोरीहरु
ीयनको शिक्षा दुख्दैन दीक्षा दुख्दैन
तपाईलाई गाउँ र समाज दुख्दैन
बा तपाईलाई दुख्छ त स्वास्नीको छाक टार्ने पैसा
र उनको सृङ्गार दुख्छ
छोराछोरीले खाजा खाने पैसा दुख्छ
राख्ने ठाउँ दुख्छ नपाएमा
नपाएमा तपाई स्वास्नीसँग दोहोरी गाउनु हुन्छ
र छोराछोरी रुवाईको संगीत भर्छन
त्यही संगीतमा डुबेर
ब तपाई पिउनु हुन्छ मलाई लाग्छ
तपाई विहान चाडै देखि त्यही जीउनु हुन्छ
आफ्नो उमेरमै सारा दुख्छ सिउनु हुन्छ
र सानीको जंघार पार गर्दै
चुस्की चुस्कीमा जीवन
बा तपाई पिउनु हुन्छ मलाई लाग्छ ।

No comments:

Post a Comment