हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Sunday, April 11, 2010

म बसिरहेछु नक्सा कोर्न - कविता


सरुआस्था
स्ट्याण्डमा अडिएको सानदार मैन बत्ति
मेरै लागि तप्प तप्प पोखिदैछ
म बसिरहेछु नक्सा कोर्न
सेतो कागज र कालो मसिको लेप सँगै ।

घरि मैन बत्ति हेर्छ मलाई
घरि सेतो कागज र कालो मसि
गिज्याउछ मलाई
हे माव तेरो मानसपटलमा
“आफ्नो देशको नक्सा अटाउन
सकेन हगि !”
म मौन मुकदर्शक
घरि आफ्नो सानदार अस्तित्व
मेरै लागि पोखिरहेको
मैन बत्तिलाई हेर्छु
घरि मेरो उदेश्यको लागि
आफ्नो अस्तित्व समर्पण गरेको
सेतो कागजलाई चियाउछु
तर अँह मैले सकिन
मेरो देशको नक्सा कोर्न ।

मैले टिस्टा र कागडालाई नसमेटी
नक्सा कोर्न सकिन
मैले निरुदेश्य विदेसिएका
भूमिहरुलाई नसमेटी
नक्सा कोर्न सकिन
समेटिएकै हो मेरो नक्सामा
टिस्टा र कागडा
सँगै रोइरहेका
सुस्ता र कालापानी
तर अहँ मेरो देशको नक्सा
मैले कोरेको नक्सासँग
मिल्नै सकेन ।

सँयौ मैन बत्ति पोखिए
सयौँ मैनबत्ति मसि छचल्किए
सयौँ कागजका सेता पानाहरुले
अस्तित्व गुमाए
मेरो नक्साको लागि
तर मैले मेरो देशको नक्सा
मिलाउनै सकिन
र त अझै म
बसिरहे छु नक्सा कोर्न ।

No comments:

Post a Comment