हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Saturday, April 24, 2010

छोरीको विहे - कविता

निरु त्रिपाठी
बिहे गर्न छोरी बिहे गर
गर्नि नै होर भन्या
उमेरै छदाँ गर्नु पर्छ मोरी
अर्काको घर जानै पर्ने जात पो हो छोरी
हो र ?
हो त नी
सबैले गर्छन ?
गर्छन त नी
अलि राम्रो भएर बस्ने गर चुल्ठो कोरी
आखाँमा लपक्क गाजल लगाई
पटुकीले टपक्क कम्मर बाँधि
काँधमा सपक्क फरिया मिलाई
चोलीले कसक्क छाती कसाई
मसक्क मसक्क हाँस्दै
टलक्क टलक्क टल्कदै
बस्न मोरी बस झ्यालको मुखैमा

त्यसरी बस्दा पनि कोहीले हेरेन भनेनी
माग्नै आएनन् भनेनी ?
सधै भरि झ्यालको मुखैमा त आमा ?
त्यसोभए,
तल्लो घरको भुन्टे सँग गर्छस
अलि पुड्के छ त
डाडाँ घरको श्यामे नी ?
कति कालो छ
मुरली भञ्याङको मुरली नी ?
म लुरी छु त्यसको त ड्याम्के भुडी होइन र ?
अब त पक्कै पुरेत कालुको छोरो सँग हुन्छ भन त
छि आमा पनि
त्यस्को त भुट्टी कान्छीसगँ त्यस्तै त्यस्तै छ क्या

हे इश्वर ए बाटुलीको बा
छोरीलाई बिहे गर्न छिटो मनाउ
मैले देखाएको एक से एक केटा भएन
तिम्रो मनले खाको कोही भए देखाउ

बाटुली
गाँउको केटा कुनै भएन बा
खुनखोट धेरै नलगा
एउटालाई पराई घर जा
ता सँगैको सखीहरु घर गरि खाइसके
दुई तीन ओटा घोर्ले छोरो पाइसके
तँ बुढी कन्या नै बस्ने हो त ?
तेरो मनको राजा कहाँ खोज्न जाउँ त ?
एकचोटी शहर पसौ न हुन्न बा
हिड्न त हिड सबेरै
तै पनि एउटा न एउटा भेटिहाल्छ कि शहरमा
(शहर पुग्छन)
बा शहरको केटा सबै मन प¥यो
सबैसँग बिहे गर्छस त ?
पाइन्छ र ?
द्रौपती बन्छस त ?
बा पनि
बरु हेर त उ त्यो ठूलो घरको झ्यालमा
कस्तो छ ?
आम्मै खोजेको जस्ते भेटे त
गजब छैन त ?
छ छ मलाई नै हेरेर बसेको छ
अग्लो अग्लो गोरे गोरे सुलुक्क परेको रै छ
रातो कमिज जिउमा कस्तो खुलेको है ?
निलो सुरुवाल लगाउँदा त चिटिक्कै परेको
म त अहिले नै बिहे गर्छु
मलाई पनि ज्वाँई काइदाको लाग्यो
हिड न त हिड आजै कन्यादान गरिदिन्छु
आँगन आजै पोलिदन्छु
तँला ई दिहाल्छु
(जान्छन)
बा बोल्दै न त
अझै टोलाउदै छ
म त यहाँ छु
कसलाई पो हेर्दै छ
छिटो वरमाला लगाई हाल
नत्र राम्रो केटा उछिट्याइहाल्छन
फुत्काउलान
सुटुक्क फकाएर राता रात गाउँ लैजानु पर्छ
छिटो गर्न छिटो
यसको जीउ त सारो छ नी त
यो त मान्छे होइन जस्तो छ
खै खै
छट छट हेरौ
सत्यानास
हो त नी सोह्रै आना सही गाँठे
छोरीयो त सेतो पुत्ला रहेछ
भाग छिटो भाग
भागौ भागौ
बरु भुन्टेलाई गर्छु
अब काने भए पनि हुन्छ
होचेँ भए नी हुन्छ
ग्याम्पे भुँडी भए पनि हुन्छ
कसैको नासै भएपनि हुन्छ ।

अधिकारी अनुप्रास कविता

वर्षा बादलको ट¥यो अबघडी पर्दैन पानी पनि
बन्दै जिर्ण मुहान भो जगतमा सुक्दैछ खानी पनि
धर्ती रुन्छ कहालीदै पथपथै हा रत्न कड्काउदै
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

कैले बाँध फुटेर चल्छ पहिरो जम्मै डुबि नष्ट भो
कैले छोप्छ पहरा मस्त असिना बर्षन्छ रोकिन्न त्यो
आमाको दिल दुख्छ छाती बिचरा बेजोड चर्कन्छ है
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

कोही बाँध बनेर यो प्रहरमा गर्जन्छ बाधा सरि
कोही स्याल बनेर छट्टु हुइया चम्कन्छ त्यो क्यै गरी
आफ्नै देश उदाङ्ग भो भनि त्यसै रुन्छन बरा ती कठै
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

आगो दन्दन दन्किदै छ पुरमा जम्मै उडि नष्ट भो
बाटो छैन कतै पहरा भिरमा आधार त्यो दिन्छ को
रुन्छन सार नपाइ लौ करुणले आकुल ब्याकुल भै
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

खोल्दा टि भि र रेडियो वर्षन्छ कोर्र बनी
मुटु छिया छिया दिन दिनै सुन्दा र हेर्दा पनि
आखाँ देख्छ विहान रोदन पीडा देख्दैन खुसी कतै
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

रोगी बाबु कठै छ आँसु गहमा सक्दैन उठ्नै पनि
अमा जिर्ण बनिन रुझेर दुःखले यो फिर्छ कि दिन भनी
शंका आज भयो छोरो घर भरे फर्कन्छ की फर्कन्न है
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै


गजल युगज्योती क्रियाशिल

तिमी सपनीमा नआएकै बेस
जाली प्रित भो है नलाएकै बेस

बिपनीमा चकनाचुर हुने त्यो
सपनिको महन नपाएकै बेस

मुखमा राम बगलीमा त्यो छुरा
प्रितको गीत है त्यो नगाएकै बेस

रुप रङ्ग बैशालु जोवान भन्छौ
भो हजुर बरु नचाहेकै बेस

माटोको सिन्दुर सूयृलाई भाकी
त्यो झुटो वाचा कसम नखाएकै बेस

कविता देवकी के.सी.
आरोह अवरोह

मलाई दुःख लाग्छ
सुन्तली धामी जस्तै
अशंख्य चेलीको अस्तित्व दाउमा लाग्दा
खुम्चदै गएको देशको सीमानामा
आफु निरिह साक्षी उभिएको देख्दा
जलश्रोतमा गर्भ गर्ने मेरो स्वाभिमान
सिरानीमा टुकीको जोहोमा लाग्दा
सभ्य र आधुनिकताको उपभोग गर्ने होडमा
डान्सवार र पार्लरमा आफुलाई नङ्गाउँदा
स्वाभिमान ठडिएको थियो
सीता र भृकुटीको नाममा
अमरसिंह र भक्ति थापाको वीरतामा
बलभद्र र अरनीको कलामा
बुद्धको शान्ती र नेपाली पनमा
खै कहिले रुपान्तरण होला
मेरो यावत दुःखहरु
स्वर्णिम भविश्यको आस्वस्चतामा
कलेटी ओठका आकांक्षहरु
नविन गोरेटोको सुखद यात्राहरुमा
जीवन सजाउने सुन्दर सपनाहरुमा ।

No comments:

Post a Comment