कोमल अविरल
स्वीकार प्रेम उनको संसार हुन्छ राम्रोमेरै विजोग खप्ने आधार हुन्छ राम्रो
के हेर्नु दुर बस्दै तिम्रो खुसि उमङ्ग
यी मौन दुःख भन्दा त्यै प्यार हुन्छ राम्रो
जीतेको जिन्दगीमा पक्कै हुनेछ केही
साचेर राख स्वप्न साकार हुन्छ राम्रो
मरेर जाने चोला छाडेर जान्छु भोली
हाँसेर गर विदाई स्वीकार हुन्छ राम्रो
सुप्रभात साहित्य समूह (कोषाध्याक्ष)
No comments:
Post a Comment