बुद्धलक्ष्मी तमाङ्ग
यो कर्मको देख पनि कस्तो समयको जालोले सयौ घुम्ती काट्नु पर्नेनियतीको खेलले समझौतामा, अल्झि अल्झि पाइला चाल्नु पर्ने
यो मान्छेको मन पनि कहिले मौन त कहिले चट्टान
समयको खेलमा ठूला ठूला चुनौती सहनु पर्ने
जन्म गल्तिमा लिए पछि धर्तीमा, अन्त्यको पनि साथलाई समय कुर्नै पर्ने
असहमतीको बातमा लाख सोचको जालो,
त्यो पनि सही हाँसेर बाँच्नै पर्ने
सोचले काम गर्न छाडेपछि समयमा
पागल चालमा संघर्ष आफै गर्नु पर्ने
मन फुलेर बेचैन हुँदा पनि
हाँसोको पर्दाले ढाक्नु पर्ने
अनगिन्ती कठिनाइ झेल्दा झेल्दै पनि
सुनौलो विहानी कालो रात सम्झि रुनु पर्ने
प्रत्यक कदमले अरुलाई पु¥याएको चोट तिर्न
ती असफल पाइला अघि सार्नु पर्ने
जिनदगीमा नयाँ नयाँ अनुभव चाख्नु रहेछ
त्यसैले कहिले हाँस्नु त कहिले रुनु पर्र्ने
डरलाग्छ आफ्नो हालत देखि आफैलाई
वेदना र र्दद सबै अंगाल्नु पर्ने
कहिले रुनुको पीडा त कहिले नौटङ्की फेर
चल पाउने त पाए नपाउनेले पागल भन्नु पर्ने
एकान्तको घुम्टो लाख कल्पनाको रमझमहरुमा
ती उराठ लाग्ने दिन अनि रातहरु काट्नै पर्ने
सक्दैन अब कसैले मैन झै पगाल्न चट्टान बनिसके
मृत्युलाई नै अब घनिष्ट मित्र ठान्नु पर्ने ।
वीरेन्द्र ऐश्वर्य विद्यासदन
कक्षा १०
कक्षा १०
No comments:
Post a Comment