हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Thursday, January 21, 2010

आँचल भित्र


–सुजन बैरागी
न्यानो काखमा राखि
पछ्यौरीमा लुकाई
घरि घरि चुम्छिन !
मायाले सुम्सुम्याउदै
आँखामा आँखा जुधाई
उनि त्यही हराउछिन
भविश्यको सिुन्दर सपना बुन्छिन !
शंका,
उब्जन्छ मन भित्र
डराउछिन दुष्ट आँखा नलागोस
कामना गर्छिन
र च्याप्प कसेर अँगालोमा बेर्छिन
पुनः चाहाना राख्छिन
सधँै यस्तै अँगालोमै बेर्न पाँउ
समयले पनि छुटाउन नसकोस !
सम्झन्छिन पतिको विभत्स लाश
र रसाउन दिन्छिन आँखा
बर्साउन दिन्छिन परेली
र खस्न दिनिन्छन आँसु
फेरी अँगालोमा च्याप्प कस्छिन
र निधारमा लामो चुम्बन गर्छिन
मुटु भरिको ममता पोख्छिन
भर्खरै पति गुमाएकी
कलिलो बालक काखमा लिएकी
आमा !!!
२०६६-०९-२२

मुक्तक

देवेन्द्रसिहं बस्नेत
तिमी र म भेटेपछि अर्थ खुल्दोरैछ
सर्माएर हामीसँग काडाँ फुल्दोरैछ
जिन्दगीले बगाएर टाढा लगेपछि
तिम्रै हुँ म भन्नेलेनि माया भुल्दोरैछ

सधैँभरि एकैठाँऊ टेक्न सकिदैन
हत्केलाले सूर्यलाई छेक्न सकिदैन
गाह्रै पर्छ सबैलाई दुःख व्यक्त गर्न
चाहेरनि सबैकुरा लेख्न सकिदैन

एक्लो एकेन्द्र
तिमीले सोचे भन्दा फरक दुनीया थिएन
तिमी थियौ केबल अरू चुनिया थिएन
को नै थियो अरू जन्म कैद गर्न मिल्ने
तिमी बाहेक दीलमा अरू चुनिया थिएन

सृजना अधिकारी ‘सीरू’
अँगालोमा तिमी सँगै बाँच्ने रहर थियो
तिम्रै लागि मेरो माया साँच्ने रहर थियो
जिन्दगीको एक्लो पनमा सँगै यात्रा गर्दै
दुःख पीडा बिर्सिएर हाँस्ने रहर थियो

प्रेमपत्र भन्थ्यौ तर खाली खाम रैछ
शहरमा देखायौ घर उकाली गाम रैछ
साँचेको थे तिम्लाई माया भनि मख्ख पार्दै
अरूलाई फसाउने तिम्रो जाली काम रैछ

मिजास राई ‘चन्द्र’
केही छैन कोसेली खाली हात आँए सानु
एकै झल्को मुहार हेर्न टाढाबाट धाँए सानु
एकान्तमा बस्दा खेरी आउने याद साह्रै मिठो
त्यही यादलाई गीत बनाई सुसेलीमा गाँए सानु

कसैसँग नभएको साइनो तिमीसँग भयो
आजसम्म नखुलेको रहस्य नि भङ्ग भयो
होस सबै हराएर मदहोसि मै चुकेछु म
नहुनु जुन भएपछि बल्ल मन झसङ्ग भयो

कोमल तिम्सिना
किन दियौ तिम्ले मलाई स्वार्थरुपि भाकाहरू
विना सिद्दि थुनिदियौ स्वाभिमानका नाकाहरू
किन तिमी अझै निरास भनि सोध्यौ भने मलाई
नजर छेड्दै हिडिदिन्छौ तिम्रा लोभि आँखाहरू