हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Sunday, May 23, 2010

गजल

सरुआस्था
आफैले आफैलाई जित्ने जीवनको अशमा बाँचे
बाँचेछु यो जीवन तर आफ्नै जीवनको लाशमा बाँचे

टेक्र्याइ आफैलाई सिध्याई आफैले भाग लगाएर
मासुको तोला र आफ्नै रगतको गाँसमा बाँचे

हाँसे म संसार सामू दुखिया देख्दछ खुसी
हाँस्दैमा कसरी भनु म मधुमासमा बाँचे

फोहरा छुट्दछ दुःख खुसिको लेख नै छैन
बुझेको छ कसले पीडा कति म भासमा बाँचे

संसार त वैरी पो भयो राक्षस देख्दछु सबै
अरुको के कुरा गरौ म आफ्नै त्रासमा बाँचे
सुप्रभात साहित्य समूह (सह सचिव)

मुक्तक

सुजन बैरागी
पापी भने कसैले
घाती भने कसेले
नचिने हो की अझै
साथी भने कसैले

दिल खोलेर हाँस्न दिदैन तिम्रो शहर
खुसी सँग बाँच्न दिदैन तिम्रो शहर
अभाव र महङ्गी उफ कति सम्म बढेको
भोलीलाई केही साँन दिदैन तिम्रो शहर
सुप्रभात साहित्य समूह (सचिव)

कविता-श्रष्टा समय र सन्तान

अभिसित वसु
एकदिन अन्तरिक्षको धुमिल पर्दाभित्र
मेरा मित्र तिमीले खुल्ला प्रकृतीको कल्पना ग¥यौ
वास्तवमा तिमी बहुलाएका थियौ
आनायास उनीहरुले तिमीलाई तिम्रो परिचय दिदाँ
तिमी स्वच्छताको कोखलोमा रुमलिएर खितखितायौ
तिमी किन रोयौ र किन अस्पष्ट हाँसो हाँस्यौ
त्यो त समयको गर्भमा भुण भएर
विकसित भैरहेछ
मेरा मित्र कुनै दिन इतिहासको फिल्टरले उद्घोषण गर्नेछ
र तिम्रा अस्तित्ववान वेगको सम्वाहवानसँगै अनौठो भूगोलको खाका कोर्नेछ
तिम्रो हाँसो फेरी मेरो मगजमा झनझनाउने छ
त्यो दिन म पनि तिम्रो अस्पष्ट हाँसो हाँस्नेछु
बहुलाउने छु
वेदनामयी खकारको डल्लोले पृथ्वीको आकृतीलाई
सक्दो कलुषित तुल्याउनेछ
त्यतीबेला म तिमी भन्दा विज्ञानी बनेर
तटस्यताको भाव कोर्दै सत्यवान आधार शीलाको
फूर्ण खाका कोर्नछु , त्यतीबेला तिमी मेरा मित्र
मेरो मानसपटलमा अपरिभाषित एक नयाँ ध्रुवताराको
सिरानी बनाएर
पृथ्वी भन्दा पर
बिना चमक टिलपिलाउने छौ
पिलपिल पिलपिल मधुरो नक्षत्र
म सच्चितानन्द तारा
दिप्तिमय सप्तर्षिसँग एकता जोडेर
युद्धको आव्हान गर्नेछु
तिमी महत्वहीन कुनै आकाश गंगामा बिलाउनेछौ
म ध्रुवतारा
गलत अस्तित्वको पर्दाफास गर्दै
स्वंयम अस्तित्वको नयाँ नक्सा र विचारहरु कोर्नेछु
म नयाँ विशव र नयाँ अस्तित्वको प्रचण्ड दुत ।

गजल

कोइराला सूर्यकिरण
कहाँ राखौ तिम्रो तस्वीर फ्रेम नै फुट्यो आज
मनमा माया म¥या हैन बाटो टुट्यो आज

गुहार गरे चित्कार गरे केही लागेन यहाँ
कोही आइ हृदयबाटै तिम्लाई थुत्यो आज

सुन्दर फूल फुलाउने माली न थिए म त
निर्दयी ती असिनाले साग झै चुट्यो आज

परैबाट लुक्दै आई आँखा छोप्ने मेरो
नओइलिने फूललाई कसले लुट्यो आज

जिन्दगी झै सँगै गुड्ने गाडि रैछ फूल
बोटबाट नफर्कने गरी छुट्यो आज
सुप्रभात साहित्य समूह(अध्यक्ष)

किवता

बुद्धलक्ष्मी तमाङ्ग
यो कर्मको देख पनि कस्तो समयको जालोले सयौ घुम्ती काट्नु पर्ने
नियतीको खेलले समझौतामा, अल्झि अल्झि पाइला चाल्नु पर्ने
यो मान्छेको मन पनि कहिले मौन त कहिले चट्टान
समयको खेलमा ठूला ठूला चुनौती सहनु पर्ने
जन्म गल्तिमा लिए पछि धर्तीमा, अन्त्यको पनि साथलाई समय कुर्नै पर्ने
असहमतीको बातमा लाख सोचको जालो,
त्यो पनि सही हाँसेर बाँच्नै पर्ने
सोचले काम गर्न छाडेपछि समयमा
पागल चालमा संघर्ष आफै गर्नु पर्ने
मन फुलेर बेचैन हुँदा पनि
हाँसोको पर्दाले ढाक्नु पर्ने
अनगिन्ती कठिनाइ झेल्दा झेल्दै पनि
सुनौलो विहानी कालो रात सम्झि रुनु पर्ने
प्रत्यक कदमले अरुलाई पु¥याएको चोट तिर्न
ती असफल पाइला अघि सार्नु पर्ने
जिनदगीमा नयाँ नयाँ अनुभव चाख्नु रहेछ
त्यसैले कहिले हाँस्नु त कहिले रुनु पर्र्ने
डरलाग्छ आफ्नो हालत देखि आफैलाई
वेदना र र्दद सबै अंगाल्नु पर्ने
कहिले रुनुको पीडा त कहिले नौटङ्की फेर
चल पाउने त पाए नपाउनेले पागल भन्नु पर्ने
एकान्तको घुम्टो लाख कल्पनाको रमझमहरुमा
ती उराठ लाग्ने दिन अनि रातहरु काट्नै पर्ने
सक्दैन अब कसैले मैन झै पगाल्न चट्टान बनिसके
मृत्युलाई नै अब घनिष्ट मित्र ठान्नु पर्ने ।
वीरेन्द्र ऐश्वर्य विद्यासदन
कक्षा १०

मुक्तक

युगज्योती क्रियाशिल
थाहै नदिई सुटुक्कै मेरो मनमा फुल्नेलाई सलाम
फुलेर मेरो मनमा मलाई भुल्नेलाई सलाम
चोखो माया दिन्छु भन्दै मलाई
हजारौ फूलमा भमरा झै डुल्नेलाई सलाम
सुप्रभात साहित्य समूह (सदस्य)

कविता

अधिकारी अनुप्रास
हावा चल्छ छरेर आँसु नभमा वर्षा सरी झर्झर
गोली चल्छ र जल्छ दिल सबको बन्दै सधै धर्मर
सुन्दैछौ पथमा र देश भरमा चित्कार यो रोदन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

आफ्नो स्वार्थ लेुटेर गर्जन गरी हुँकार चल्ने कतै
तन्द्रा भङ्ग गरेर चाल सबको रोकेर बड्ने कतै
आफ्ना दाजु भाइका उपरमा गोली चले दिन दिन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

रुन्छन रोग र भोकले जनहरु चिन्ता र आवेगले
को देला अब ओखती ती बिचरा बाच्छन सधै आशले
देख्दैनौ गरिबी पीडा दुःख कतै यो देशको क्रन्दन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

फोहोरी सब चाल चल्छ दुखिँया बेचेर माटो पनि
आफ्नो स्वर्थ लुटेर रम्छ सहजै छेकेर बाटो पनि
हे पापी जनहो कुबुद्धि मनमा बढ्दैछ के कारण
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

आफ्ना सन्ततीका भविश्य अब के सोच्दैन पुर्खा भने
बन्दै नोकर दाश खेप्छ बिचरा बेजोड सन्तानले
देश रुन्छ कहालिदै तर कतै सुन्दैन पापी मन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?

हाम्रो देश उदाङ्गो भो दिन दिनै पस्दैछ बैरी पनि
नेपाली जन हो भयो नी अब के हेर्छौ रमिते बनि
पर्देशी रिपुको कुदृष्टि पथमा पर्दैछ यो दिन दिन
नेपाली नभए र देश नभए के पाउछौ लौ भन ?
सुप्रभात साहित्य समूह (सदस्य)

गजल

कोमल अविरल
स्वीकार प्रेम उनको संसार हुन्छ राम्रो
मेरै विजोग खप्ने आधार हुन्छ राम्रो

के हेर्नु दुर बस्दै तिम्रो खुसि उमङ्ग
यी मौन दुःख भन्दा त्यै प्यार हुन्छ राम्रो

जीतेको जिन्दगीमा पक्कै हुनेछ केही
साचेर राख स्वप्न साकार हुन्छ राम्रो

मरेर जाने चोला छाडेर जान्छु भोली
हाँसेर गर विदाई स्वीकार हुन्छ राम्रो
सुप्रभात साहित्य समूह (कोषाध्याक्ष)

गजल

विजय देवकोटा
केही होइन मृत्यु शिरिफ विश्राम हो
स्वास सुस्केरा पछि स्वर्गको आश्राम हो

धर्ती भोगेर जानु आखर सबैमा छ
मट्टि जीवन पछि पवित्र त्यो धाम हो

अल्झि तनमा आत्मा जीवन बन्छ यो
तर बुझेर हेर्दा च्यातिने यो खाम हो

भोग्दै अँध्यारो सधै अप्रिय कष्ट ती
रश्मि खोज्नेको निम्ती पवित्र त्यो घाम हो

मुक्तक

चन्द्र मिजास
बुझ्नै नसक्ने कथा हो यो जीवन
विना चोटनै दुख्ने व्यथा हो यो जीवन
खै कसले खै किन मुल्यहीन बनायो
केवल ढुकढुकीको जेथा हो जीवन

हाइकु
म भुल्न खोज्छु
झन याद आइदिन्छ
पहिलो माया
सुप्रभात साहित्य समूह (उपाध्याक्ष)