हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Saturday, April 24, 2010

गजल

एस.एच. निरौला

क्षितिजको आकाशमा हराउने यात्री हूँ म

तुफानी त्यो बतास मन् पराउने यात्री हूँ म ।।

ती पहाडी ओडारमा झर्नासँगै कुरा गरें

कैले हिमालमा चौंरी चराउने यात्री हूँ म ।।

तारा हेर्दै गगनका निदरीमा डुबेपछि

पौडी खेली तराईमा कराउने यात्री हूँ म ।।

प्रभातमा प्रकाशको किरणमा स्नानगरी

अँध्याराका पाटा अन्तै सराउने यात्री हूँ म ।

नेपालीको स्वाभिमान बिक्दै छ रे बजारमा

घुमिघुमि विक्री बन्द गराउने यात्री हूँ म ।।


गजल

सरुआस्था
नजरमा बस्ने नजर त्यो बैमानी
देखे मुस्काउने अधर त्यो बैमानी

लुकी चोरी हेर्दै नजर डुलाएर
माया जालमा कस्ने सदर त्यौ बैमानी

परेलीले बेर्‍यौ दुई आत्माका कुरा
जबाफैले हेर्‍यौ कदर त्यो बैमानी

जूनको टह हेर्दै मनका कुरा साट्यौ
गोधुली साँझको प्रहर त्यो बैमानी

बीचमा छ खोला भेट्ने पुल छैन
मनले माग्यो भेट्ने रहर त्यो बैमानी

म कता जाउँ आमा - कविता

सुजन बैरागी
तिमीले पढ्न पठाएकी तिम्रो छोरो
तिम्रो न्यानो काखबाट टाढा
तिम्रो आँखाबाट टाढा
यो शहरको भिडभाडमा
हराएर पनि नहराई
तिम्रो सपना पूरा गर्न लागिरहदा
क्याम्पसको राजनीतिले छुन नसकेको
पार्टीगत नेतृत्वले तान्न नसकेको
तिम्रो छोरो
जन आन्दोलनमा दिलो ज्यान लगाएर होमिदा
लाठी, फोहोरा, अश्रुग्याँस, गोली, कर्फु
सबै तोडेर लोकतन्त्र ल्याइयो
सबै खुसिले रमाउन थाले
अब फेरी जेठ १४ आयो
संविधान लेखिने दिन
तर अब पक्का भयो
यो दिनमा पनि संबिधान लेखिने छैन
यता सेना भर्ति गर्न थाले
उता खुकुरी तालिम
लाठी तालिम खै के के पो
अब फेरी मैले जानै पर्छ रे
आमा म कता जाउँ ?

हाइकु

चन्द्र मिजास
फूलले डाक्यो
लोभी भवरालाई
तिमी त चुप्चाप्

तिमी रोएर
सृष्टिलाई धोका भो
सुहाग रात

गजल
म लठ्ठ परेको पियाएर हेर्‍यौ
जवानीको छेडीबाट चियाएर हेर्‍यौ

जिन्दगीको समुन्द्रमा उमङ्गको छाल थियो
बीचधारमै प्रेम नाउ खियाएर हेर्‍यौ

तड्पाएर मलाई जिउदो लास बनायौ
चटकी झै मार्दै फेरी जियाएर हेर्‍यौ

अनन्त थ्यो यात्रा अनि भर तिम्रै थियो
संघारमै त्यो यात्रा भियाएर हेर्‍यौ

हाइकु

कोइराला सूर्यकिरण
बुद्ध पुजेर
छुराको खेती गर्छन्
कसाइहरु

तिम्रो मुस्कान
नछोड लिइ जाउ
फूलमा हेरौला

तप् तप् चुहियो
आसुँ र बलेसीले
प्यास मरेन

गजल
प्यू भने पानी अञ्जली भरी तिम्रै छ मुहार
कसरी पिऊँ पोखियो लाउनै पाइन जुहार

कैले त टिप्छु शीतलाई उनी लाई दिउँ कि भनेर
ओइलाई जान्छन फूल पनि मेरो सुन्दैनन् पुकार

आउदैनन् कैल्यै भमरा प ूलको कलमी काटेर
बाचय राखेस सुहाग भोली नगर्नु गुहार

आफुले आफ्नो कर्तव्य हनन् गर्दिनन् पैकृती
फुल्नुको सार्थक बुझेर आउ हुनेछ सुधार

मनको प्यास मेटायौ केही क्षण लाइदिउँ कि भनेर
बन्दिन थ्यौ कि हृदयमा पाए कहिल्यै धिक्कार

छोरीको विहे - कविता

निरु त्रिपाठी
बिहे गर्न छोरी बिहे गर
गर्नि नै होर भन्या
उमेरै छदाँ गर्नु पर्छ मोरी
अर्काको घर जानै पर्ने जात पो हो छोरी
हो र ?
हो त नी
सबैले गर्छन ?
गर्छन त नी
अलि राम्रो भएर बस्ने गर चुल्ठो कोरी
आखाँमा लपक्क गाजल लगाई
पटुकीले टपक्क कम्मर बाँधि
काँधमा सपक्क फरिया मिलाई
चोलीले कसक्क छाती कसाई
मसक्क मसक्क हाँस्दै
टलक्क टलक्क टल्कदै
बस्न मोरी बस झ्यालको मुखैमा

त्यसरी बस्दा पनि कोहीले हेरेन भनेनी
माग्नै आएनन् भनेनी ?
सधै भरि झ्यालको मुखैमा त आमा ?
त्यसोभए,
तल्लो घरको भुन्टे सँग गर्छस
अलि पुड्के छ त
डाडाँ घरको श्यामे नी ?
कति कालो छ
मुरली भञ्याङको मुरली नी ?
म लुरी छु त्यसको त ड्याम्के भुडी होइन र ?
अब त पक्कै पुरेत कालुको छोरो सँग हुन्छ भन त
छि आमा पनि
त्यस्को त भुट्टी कान्छीसगँ त्यस्तै त्यस्तै छ क्या

हे इश्वर ए बाटुलीको बा
छोरीलाई बिहे गर्न छिटो मनाउ
मैले देखाएको एक से एक केटा भएन
तिम्रो मनले खाको कोही भए देखाउ

बाटुली
गाँउको केटा कुनै भएन बा
खुनखोट धेरै नलगा
एउटालाई पराई घर जा
ता सँगैको सखीहरु घर गरि खाइसके
दुई तीन ओटा घोर्ले छोरो पाइसके
तँ बुढी कन्या नै बस्ने हो त ?
तेरो मनको राजा कहाँ खोज्न जाउँ त ?
एकचोटी शहर पसौ न हुन्न बा
हिड्न त हिड सबेरै
तै पनि एउटा न एउटा भेटिहाल्छ कि शहरमा
(शहर पुग्छन)
बा शहरको केटा सबै मन प¥यो
सबैसँग बिहे गर्छस त ?
पाइन्छ र ?
द्रौपती बन्छस त ?
बा पनि
बरु हेर त उ त्यो ठूलो घरको झ्यालमा
कस्तो छ ?
आम्मै खोजेको जस्ते भेटे त
गजब छैन त ?
छ छ मलाई नै हेरेर बसेको छ
अग्लो अग्लो गोरे गोरे सुलुक्क परेको रै छ
रातो कमिज जिउमा कस्तो खुलेको है ?
निलो सुरुवाल लगाउँदा त चिटिक्कै परेको
म त अहिले नै बिहे गर्छु
मलाई पनि ज्वाँई काइदाको लाग्यो
हिड न त हिड आजै कन्यादान गरिदिन्छु
आँगन आजै पोलिदन्छु
तँला ई दिहाल्छु
(जान्छन)
बा बोल्दै न त
अझै टोलाउदै छ
म त यहाँ छु
कसलाई पो हेर्दै छ
छिटो वरमाला लगाई हाल
नत्र राम्रो केटा उछिट्याइहाल्छन
फुत्काउलान
सुटुक्क फकाएर राता रात गाउँ लैजानु पर्छ
छिटो गर्न छिटो
यसको जीउ त सारो छ नी त
यो त मान्छे होइन जस्तो छ
खै खै
छट छट हेरौ
सत्यानास
हो त नी सोह्रै आना सही गाँठे
छोरीयो त सेतो पुत्ला रहेछ
भाग छिटो भाग
भागौ भागौ
बरु भुन्टेलाई गर्छु
अब काने भए पनि हुन्छ
होचेँ भए नी हुन्छ
ग्याम्पे भुँडी भए पनि हुन्छ
कसैको नासै भएपनि हुन्छ ।

अधिकारी अनुप्रास कविता

वर्षा बादलको ट¥यो अबघडी पर्दैन पानी पनि
बन्दै जिर्ण मुहान भो जगतमा सुक्दैछ खानी पनि
धर्ती रुन्छ कहालीदै पथपथै हा रत्न कड्काउदै
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

कैले बाँध फुटेर चल्छ पहिरो जम्मै डुबि नष्ट भो
कैले छोप्छ पहरा मस्त असिना बर्षन्छ रोकिन्न त्यो
आमाको दिल दुख्छ छाती बिचरा बेजोड चर्कन्छ है
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

कोही बाँध बनेर यो प्रहरमा गर्जन्छ बाधा सरि
कोही स्याल बनेर छट्टु हुइया चम्कन्छ त्यो क्यै गरी
आफ्नै देश उदाङ्ग भो भनि त्यसै रुन्छन बरा ती कठै
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

आगो दन्दन दन्किदै छ पुरमा जम्मै उडि नष्ट भो
बाटो छैन कतै पहरा भिरमा आधार त्यो दिन्छ को
रुन्छन सार नपाइ लौ करुणले आकुल ब्याकुल भै
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

खोल्दा टि भि र रेडियो वर्षन्छ कोर्र बनी
मुटु छिया छिया दिन दिनै सुन्दा र हेर्दा पनि
आखाँ देख्छ विहान रोदन पीडा देख्दैन खुसी कतै
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै

रोगी बाबु कठै छ आँसु गहमा सक्दैन उठ्नै पनि
अमा जिर्ण बनिन रुझेर दुःखले यो फिर्छ कि दिन भनी
शंका आज भयो छोरो घर भरे फर्कन्छ की फर्कन्न है
सारा गाउँ हुदैछ त्रस्त जहिल्यै यो देश के बन्छ खै


गजल युगज्योती क्रियाशिल

तिमी सपनीमा नआएकै बेस
जाली प्रित भो है नलाएकै बेस

बिपनीमा चकनाचुर हुने त्यो
सपनिको महन नपाएकै बेस

मुखमा राम बगलीमा त्यो छुरा
प्रितको गीत है त्यो नगाएकै बेस

रुप रङ्ग बैशालु जोवान भन्छौ
भो हजुर बरु नचाहेकै बेस

माटोको सिन्दुर सूयृलाई भाकी
त्यो झुटो वाचा कसम नखाएकै बेस

कविता देवकी के.सी.
आरोह अवरोह

मलाई दुःख लाग्छ
सुन्तली धामी जस्तै
अशंख्य चेलीको अस्तित्व दाउमा लाग्दा
खुम्चदै गएको देशको सीमानामा
आफु निरिह साक्षी उभिएको देख्दा
जलश्रोतमा गर्भ गर्ने मेरो स्वाभिमान
सिरानीमा टुकीको जोहोमा लाग्दा
सभ्य र आधुनिकताको उपभोग गर्ने होडमा
डान्सवार र पार्लरमा आफुलाई नङ्गाउँदा
स्वाभिमान ठडिएको थियो
सीता र भृकुटीको नाममा
अमरसिंह र भक्ति थापाको वीरतामा
बलभद्र र अरनीको कलामा
बुद्धको शान्ती र नेपाली पनमा
खै कहिले रुपान्तरण होला
मेरो यावत दुःखहरु
स्वर्णिम भविश्यको आस्वस्चतामा
कलेटी ओठका आकांक्षहरु
नविन गोरेटोको सुखद यात्राहरुमा
जीवन सजाउने सुन्दर सपनाहरुमा ।

हाइकु

कोमल अविरल
स्वतन्त्र हो
कसैले भोगेको छ
लोकतन्त्रमा

शहिद बोल्यो
देश दुखेको पल
गणतन्त्र पो

दोधारमा छ
निल्नु न ओकल्नु भो
लोकतन्त्र रे

मुक्तक
मरे जनता फेरी आयो र लोकतन्त्र
नेता भन्छ यही हो हाम्रो गणतन्त्र
धिकार छ तिमीलाई जनता ढाट्नेलाई
अब नबोल ती शब्दहरु को छ स्वतन्त्र

गजल

विमल गौतम
सोचे जस्तो पाए र रमाए आज
जीवन बुझ्ने साथी बनाए आज

संसार भरिमा जो महङ्गो थियो
तयो अनमोल मन कमाए आज

कठोर पर्खाइ पूर्ण गराएर
प्रिय मनमा डेरा जमाए आज

गरी रसपान यो प्रेम सुधाको
मीठो मीठो उत्सब मनाए आज

गजल

सुजिता बराकोटी
शान्ति खोज्दै जनताले उठाएको वात उस्तै
गणतन्त्र आए पनि गरिबको रात उस्तै

गणतान्त्रिक नेपाल भन्दै भाषण किन ठोक्छौ
भोको पेटलाई पीडा दिने लात उस्तै छ

तपो भूमि बुद्धको भन्छन सबले नेपाललाई
तर यहाँ अशान्तिको लप्काहरुको खात उस्तै छ

मनाङ्ग र मुस्ताङ्गमा चौरी सँगै देख्छु बालक
कलम समाइ क ख लेख्ने हात उस्तै छ

सबै समान हुन्छ भन्यो गणतन्त्र आए पछि
उ ठूलो म चाहिँ सानो अझै पनि जात उस्तै छ

Saturday, April 17, 2010

गजल

सुजन बैरागी
जन्म भूमि मेरो देश छारेर जादैछु
आज मैले आफैसँग हारेर जादैछु

धेरै भयो भोको पेटले देश भक्ति छाँट्या
आदर्शका प्रत्यक पंति टारेर जादैछु

न्यानो माया ममता सम्झिएर फेरी
अन्तिम पटक दुई थोपा झारेर जादैछु

बाध्यतामा परेपछि विवसताले घेरे पछि
आफ्नै भागको आफ्नै खुसि बारेर जादैछु

आफै लुटिइ सम्झौताको जीवन जिउनु परेपछि
मनको रहर जति सबै मारेर जादैछु

गीत

सरुआस्था
माया गर्ने मुटु धेरै होलान तिम्रे सामू
झस्काउलान तिमीलाई पर्दै निन्द्रा सामू
त्यो मध्यको एउटा यात्री रहेछु भने भने
साथ दिन्छौ हैन माया सहयात्री बने भने

जीवनको गोरेटोमा दर्पण लाखौ भेटिन्छनन् नी
पलमा बस्छन मनमा तस्वीर पलभरमै मेटिन्छन नी
तिम्रो मुटु भित्र अमिट प्रेम छाप छोडे भने
साथ दिन्छौ हैन माया सहयात्री बने भने


जीवन यो के खै सुख दुःख साँगै काटौँ
हाँसो उल्लास समेटेर जीवनको यात्रा बाटौँ
माया भर्दै मनभरि तिमीलाई नै छाने भने
साथ दिन्छौ हैन माया सहयात्री बने भने

आमा - कविता

कोमल अविरल
माता तिमी हौ दिइजन्म तिमीले
दशौ मास गर्भमा राखेर तिमीले
दियो जन्म फेरी धर्तिको काखमा
देखाई पाटो दिइ माया तिमीले

आमा तिमी हौ ममता की खानी
आमा तिमी हौ स्नेह ही निशानी
राखेर काखमा सिकायौ कहानी
हुर्काई बढाई बनायौ जवानी

दशधारा दुध चुसाएर तिमीले
सदा दिलमा माया मिसाएर तिमीले
देखायौ सदैव भविश्य तिमीले
कति दुःख गर्दै हुर्कायौ तिमीले

सदा तिम्रो ऋणि बनेको छु आमा
कति के पुकारौ थोर हुन्छ आमा
म तिम्रो समिपमा सधै सँगे आमा
सदैव सधै म सम्झन्छु आमा

जननी जन्म र भूमि नी आमा
सदा सर्वदा नै सबैकी यि आमा
रिसाएनी आमा खुसाउनी आमा
लिएर दिलैमा सजाएनी आमा

कति छन कति छन पुकारौ के आमा
बढाई देखाई हिडायौ नी आमा
म तिम्रो इसारा भुल्दैन आमा
सधै साथ तिम्रो मिले हुन्थ्यो आमा

म भन्छु कहानी जननी ती आमा
म भन्छु कहानी जन्मदाता आमा
म भन्छु कहानी स्नेही ती आमा
म भन्छु सदैव आमा हे आमा

आमा - कविता

अधिकारी अनुप्रास
आमाहसन सबको भविश्य रच्ने उन्कै घडा आँकुरा
बग्छन भाव सधैभरि जलसरि चल्दै छ यो पाखुरा
धर्तिको जगमा बसेर सबले आधार बुझ्ने गर
सारा सृष्टिभरि ठूलो जगतमा आमा बिनाको छ र ?

आफ्ना सन्ततीको भविश्य रचने उन्कै छ जिम्मा पनि
सेवा चाकडी हर घडि गरि उनी बन्छिन सदा सेबिनी
दिन्छिन प्रेम शसक्त भै हरघडि झर्ना सरि झर्झर
बाल्ने सुन्दर दीप यो जगमा आमा बिना को छ र ?

बन्दै मानव कल्प कल्पहरुमा टेक्दै तला चडेदछन्
आफ्नो कोख सजाउदै पथपथै आमा अघि बढ्दछन्
राख्छिन सन्ततीको भविश्य भरमा ठाडो बनाई शिर
आशा हर्ष जगाउने विषयमा आमा विना को छ र ?

बन्दै लोचन सामू शत्रुहरुको हर्दमा तगारो सरी
आफ्नो दिल उदाङ्ग पारी बबुरा गर्छिन सेवा हरघडि
भोग्छिन राप र ताप कष्ट सहजै सन्तानका खातिर
आफ्ना सन्ततीको भविश्य रचने आमा विना को छ र ?

भुल्दै घाम र पानीको वेग पनि निस्वास आसुँहरु
खोज्छिन पलपल सृष्टिमा बहकिदै आँसो र खुसिहरु
भोको पेट लिएर अन्तर खप्नै पनि तप्तर
सारा दर्द हराउने विषयमा आमा विना को छ र ?

गजल

युग ज्योती क्रियाशिल
तिम्रो गल्लि बस्ति धाउदै छु अचेल
लेखेर गजल गाउदै छु अचेल

जिउने रहर छैन पिउनलाई म
जामको नै साथ पाउदैछु अचेल

दुख्छ छाती साह्रै मुर्छा सरि हुन्छु
साहारा भित्ता समाउदैछु अचेल

किन धुवाको धुमिल आकृती भित्र
कहाँ हो कहाँ ? हराउदैछु अचेल

तोडे सबले नाता डर छैन अब
मृत्यु सँग मित लगाउदै छु अचेल

गीत

कमल राज के.सी.
के विश्वास यहाँ मान्छेहरुको
मान्छेलाई स्वयम चारिदिन सक्छन
नसोच्नु कसैलाई यो मेरो मान्छे हो
आफन्तले नै घात गरिदिन सक्छन

चाहन्न कसैले कसैको भलोहोस
जिन्दगी अरुको फलोस फुलोस
जीवन पथमा काडा छरिदिन सक्छन
प्रगतिलाई वाधा गरिदिन सक्छन

रुच्दैन मान्छेलाई अरुले हाँसेको
सुख र चैनको जिन्दगी बाँचेको
हाँसो र खुसि अझै हार दिन सक्छन
अकारण बदनाम गरिदिन सक्छन

Sunday, April 11, 2010

म मेरेको छैन - कविता


सुजन बैरागी
आउ कोही मलाई बचाउ
म यो जंगलको बीचमा
तिम्रो प्रतिक्षामा
अझै एक थोपा सास रोकेर
आफ्नै प्रेमीद्धारा
संसारको सबै भन्दा
प्यारो मान्छेबाट
मेरो मानव मश्तिष्कले
मेरो चेतन मनले
र मैले विश्वास गरेको मान्छेबाट
लुटिएर, लुटिएर, र लुटिएर
अनि मर्नै लागेर पनि
यो प्रकृतिको सुन्दरता
सूर्यको न्यानो स्पर्श
वृक्षको शीतलता
र यि वनमा बस्ने ती सबै
जनावरहरुको आत्मीयताले
मलाई मर्न दिएन
हो म अझै जिउदै छु
अब मलाई बाँच्ने रहर छ
बिम्ती कोही आउ
तर ती प्रेमीहरु नआउ
म सँग फेरि लुटिने तागल छैन

कविता

नीरु त्रिपाठी
तिमी आउछौ हरेक रात
लिएर प्रेमका श्यामल स्वप्नहरु
मेरो हात समाई
अटुट प्रेमको विश्वास दिलाई
एउटै मालामा उन्छौ हाम्रा रहरहरु ।
लाखौ करोडौ फूलको गुच्छाहरुबाट चुनेर सजाएकी तिमीलाई
कालो गाजल लगाई
परितृप्ति चुम्बन दिई
कृपा दृष्टि राखिदिनु भनेकी छु चखेवालाई ।
मेरो काखमा लुटु पुटु गरिरहने तिम्रो त्यो बानी
ती आनन्दित तातो तिम्रो श्वास सम्झी
नीख रातमा तिम्रै स्तुति गर्दै
तिमीलाई देख्न सक्छु हावाको अदृश्य मौनतामा पनि ।
पुलकित भइरहेछ मनगगन सजाएर हाम्रो सौन्दर्यमय प्रेमलाई कवितामा
लय तिमी हौ
शब्द तिमीलाई नै प्रिय
सुसज्जित छौ अन्तःस्करणमा
अमृत हौ यो मेरो प्राणमा ।
तिमी प्रकाशलाई प्रकाशमय बनाउछौ
मेरो आसुँलाई समालेर राख्दछौ
किन गर्छाै यति धेरै माया ?
आफुलाई नै पगालेर मलाइृ रोशनी दिने गर्छाै ।
काल कालान्तर सम्म भइरहोस हाम्रो प्रेमदिपमा तेलसङ्गम
अनिमेष दृष्टिले तिम्रो स्तब्ध प्रतिक्षा
तिम्रो उन्मत्त दुःखको त्यो स्वर्ण शिथिलता
कसरि बिर्सु समिपताको त्यो निस्फिर्क निन्द्रामा भेटिएको उमङ्गता ।
तिमी छौ आज दूर दूर म बाट
तिमीलाई अन्तःपुरमा कोर्दै
तिम्रो सुखस्पर्श महशुस गर्दै
अन्तिम बिन्ति नजाउ टाढा यो हृदयस्थलबाट ।।

के शुभकामना दिँउ हरिबंश तिमीलाई - कविता

कोइराला सूर्यकिरण
घाम झुल्कदै छ जून फुल्कदैछ
तिमीलाई स्वागत गर्न आतुर भएको बेला
सगर डडेको छ मानी र हुरी चलिरहेको छ
म निरन्तर हिडिरहेको छु अगन्तव्य
समय चडेको छ अस्तित्व लडेको छ
मानवता सडेको छ
त्यसैले
गुट गुटमा फुट छ
फुट फुटमा झुट छ
झुट झुटमा त्रुट छ
त्रुट त्रुटमा सुट छ
सुट सुटले लुट्छ
राष्ट्र गरिब छ
नेपाली हरिब बन्दा
राष्टियता जोखिममा परेको छ
कस्तो शुभकामना दिँउ ? हरिबंश तिम्ीलाई
तिमी हरिका वंश
म नेपालीका वंश
दुष्टहरुको कंश र कुतलहरुको ध्वंस हु
तर
कागहरु कुर्लिरहेको बेला
कोइलीले गुँडमा अण्डा पार्छ
आफ्नोल नाम बेचेर सडकका कौशीमा नाच्दा
कोइलीको बच्चा कोरल्न बाध्य हुन्छ काग
त्यस्तै
भएको राष्ट्रियताको झोला पोले पछि
सार्वभौम सडकमै छोडे पछि
इज्जत र नैतिकता खहरेमा हाले पछि
मेरो मुठो शरीरले मुटु खोजेर छटपटाउँदा
कसैको रिमोटमा चालित दुष्यले
कसरि शुभकामना दिँउ ? हरिवंश तिमीलाई
मुटु बेचिए पछि आज
दिन हराइरहेको छ
त्यसैले
आजभोली भकुण्डो नखेलेर त्यसैले खेलाउछ
सडकमा नहिडेर सडक आफुमा हिड्न थालेपछि
जलको बहाव रोकिएर
मानव गहमा मूल फुटे पछि
के गर्न कस्तो शुभकामना दिउँ
हरिवंश तिम्रो जन्म दिनमा
तिमी उप्रान्त पनि अजर रहोस अमर रहोस ।

उठ जाग जनता - कविता

कोमल अविरल तिम्सिना
म सोच्न बाध्य छु मेरै राष्ट्रको
म सोच्न बाध्य छु मेरै जनताको
भित्र दुख्छ मुटु मेरो
भावनाले छोएको पल
खै ेक गर्छन मानवताका भेषधारीले
जनताका छाप्रोमा चुलो नबल्दा
आफ्नै महल ठडाउदै व्यस्त छन
एक शब्द पनि बोल्दैनन्
दुःख र सत्यताको बोली
जनताको जीउधन बेच्न व्यस्त छन
आखिर कुर्सी उनैले पाएका छन
तिनै जनताको काधँ टेकेर ।

कहाँ गए मानवताका स्वरहरु
खै शान्ति सुरक्षा र सम्मान
अ‍ै शान्त सुन्दर र समानता
खै कहाँ गए शान्तिका नाराहरु
खै कहाा गए अधिकारका भाषाहरु
लुट कति लुट्छौ सोझो पनको फाइदा उठाउदै
जनताको आखाँमा छारो हाल्दै
सोझो निमुखा जनतालाई के थाहा
खोस्दैछन सबै अधिकार यिनले ।

राम्रो नेपाल बन्दैन अब होइन ?
कुर्सिका पिपासुहरुको खेलमा
कुर्सीका पिपासुहरु जनताको दुःख बुझ्दैनन्
जनताको रगतले सृर्जिएको मुलुक
बेच्दैछन सुस्ता र कालापानी सँगै
र मख्खछन र आनन्द पनि
बहुला कुकुर जस्तै
भुक्छन त्यही सीमामा तर के गर्न सक्छन ?
थाहा छैन छोटो लोकप्रियता कमाउन ।

जनता बेखबर छन मरेका थाहा छैन
देश दुख्छ थाहा छैन दुखाउनेलाई नै
भयो तिम्रो खोक्रो भाषण चाहिदैन अब
आडम्बर र सहानुभूति हैन
भो चाहिदैन तिम्रो साथ
पापको खोल ओडेका तिमीहरु
आँखै अगाडि बलत्कार हुदा
तिने बलत्कारीलाई साहारा दिने
छि नबोल अब तिम्रो बोली सुन्नु छैन ।

अब तिम्रो सत्यनाश हुने बेला आएको छ
उठ जाग जनता हो
जनताको अधिकार लुट्नेहरुलाई
जेष्ठ चौध गते टेङ्गोमा नपुगे
यिनीहरुको सामूहिक चिहान खन्नु पर्छ
नत्र यिनले जानताको चिहान खन्ने छन
राज्यका दुष्ट नेतालाई
कुर्सीका पिपासु साँडेहरु
राज्यमा दादा गिरी गर्नेहरु
जनताका नाममा राज्य माथी बलात्कार गर्नेहरु
जनतालाई दिन दाहाडै ढाँट्नेहरुलाई
उठ जाग जनता हो
दश डाडा पारी खेद्न
सदेब सदैब शान्ति, सुन्दर, समुन्नत
देश बनाउन
राज्यलाई जोगाउन
फोहोरी खेलका
खेलाडिहरुलाई समाप्त गर्न ।

उस्ता उस्तै - कविता

चन्द्र मिजास
यहाँ दिन र रात उस्ता उस्तै
अनि रात र दिन पनि उस्ता उस्तै

चमेरोलाई दिन अँधेरो
मच्छेडलाई रात अधँरो
तर यँहा मान्छेलाई दिन र रात उस्ता उस्तै
सुन्दा अनौठो लाग्छ तर सत्य यही देंखे मैले
नपत्याए, नपत्याए ती भविश्यका राष्ट्रवाहक
युवा जमातलाई सोध
जो दिन रातलाई छुट्टाउन नसकेर
दिउँसै मसाज अनि क्याबिनमा गएर
मस्त निन्द्रा पु¥याउछन
अझ नपत्याए
भोलिका आदर्श आमा ती युवतीहरुलाई सोध
जो दिन र रातलाई छुट्टाउन नसकेर
मध्यरातमा आफ्नो व्यावसाय संचालन गर्दछन
ती युवा युवतीहरुलाई दिन र रात उस्ता उस्तै
अनि रात र दिन पनि त उस्ता उस्तै
हुम्ला जुम्लाको लमतनन उकालोमा ढाकर बोकेर
थाकेको ढाक्रेदाई
जो एक घुट्का पानीको प्यास
मेटाउन नपाएर
बाटोमै ढाकर सिरानी बनाई रात काट्दा
एक टुक्रा झुम्रोको हालत हेर
मास्तिर छोप्यो तलतिर जाडो
तलतिर छोप्यो मास्तिर जाडो ।
यता काठमाण्डौको ब्यूटिपार्लर
र सपिङ्ग महलहरु धाउने
सुन्दरीहरुको बिजोक उस्ता उस्तै
हेर त बिचरी सुन्दरीहरु
कपडा किन्ने पैसा पति लाली पाउडर
र क्रिम किन्नमा सक्छन अनि एक टुक्रा सानो
टालो किनेर पूरै शरीर छोपेको
वहाना गर्छन
मस्त जवानी देखाएर ।
हेर त तल तान्यो माथी नाङ्गै
माथी तान्यो तल उदाङ्गै
त्यसैले त लाग्छ
ती भरिया दाई र त सुन्दरीहरुको हालत उस्ता उस्तै
त्यसैले यहाँ
दिन र रात उस्ता उस्तै
अनि रात र दिन पनि उस्ता उस्तै
चमेरोलाई दिन अधेँरो
भच्छेडलाई रात अधोरो
तर यहाँ मान्छेलाई दिन र रात उस्ता उस्तै
अनि रात र दिन पनि उस्ता उस्तै ।

मेरो स्वर्गमा - कविता


बिमल गौतम
म सँग स्वर्गको सपना छ
महाशय
तपाईसँग बाड्नको लागि
जहाँ मनोहर धरालतको कल्पना छ
र प्रत्येक पाइलामा आउने डरलाई
न्यूनतम गरेर शुन्यप्राय बनाइएको हुन्छ
प्रत्यक सडकहरुमा
पुष्पबाटिकाले सजाइएको हुन्छ
जहाँ गुलाव झै खुलेका
रमणी देखेर तपाई आइलाग्नु हुनै छैन
र त्यहाँ
तपाँई र म सँगै गफ गरि रहेका हुनेछौ
पलेटी मारेर
तपाँई र म सँगै परिश्रम गरिरहेका हुनेछौ
पसिना झारेर
र तपाई–मेरो आत्मीय सम्बन्ध
यति गहिरो हुनेछ
जँहा द्धन्दको यथार्थमा
साँचो प्रेमको प्रादुर्भाव हुनेछ
त्यो बेला म तँपाईको खोइरो खन्ने छैन
तँपाई म माथि पहिरो लाउनु हुने छैन
केवल मुस्कानले स्वागत गर्नु हुने छैन ।
शरीरमा रिस भए र घृणाका संवेदनाहरु
न्यूनतम भएर जानेछन्
र हामी त्यो स्वर्गमा हुनेछौ
र एकअर्काको स्वागत मुस्कानले गर्नेछौ
“महाशय तँपाईलाई स्वागत छ ।”

म बसिरहेछु नक्सा कोर्न - कविता


सरुआस्था
स्ट्याण्डमा अडिएको सानदार मैन बत्ति
मेरै लागि तप्प तप्प पोखिदैछ
म बसिरहेछु नक्सा कोर्न
सेतो कागज र कालो मसिको लेप सँगै ।

घरि मैन बत्ति हेर्छ मलाई
घरि सेतो कागज र कालो मसि
गिज्याउछ मलाई
हे माव तेरो मानसपटलमा
“आफ्नो देशको नक्सा अटाउन
सकेन हगि !”
म मौन मुकदर्शक
घरि आफ्नो सानदार अस्तित्व
मेरै लागि पोखिरहेको
मैन बत्तिलाई हेर्छु
घरि मेरो उदेश्यको लागि
आफ्नो अस्तित्व समर्पण गरेको
सेतो कागजलाई चियाउछु
तर अँह मैले सकिन
मेरो देशको नक्सा कोर्न ।

मैले टिस्टा र कागडालाई नसमेटी
नक्सा कोर्न सकिन
मैले निरुदेश्य विदेसिएका
भूमिहरुलाई नसमेटी
नक्सा कोर्न सकिन
समेटिएकै हो मेरो नक्सामा
टिस्टा र कागडा
सँगै रोइरहेका
सुस्ता र कालापानी
तर अहँ मेरो देशको नक्सा
मैले कोरेको नक्सासँग
मिल्नै सकेन ।

सँयौ मैन बत्ति पोखिए
सयौँ मैनबत्ति मसि छचल्किए
सयौँ कागजका सेता पानाहरुले
अस्तित्व गुमाए
मेरो नक्साको लागि
तर मैले मेरो देशको नक्सा
मिलाउनै सकिन
र त अझै म
बसिरहे छु नक्सा कोर्न ।

किन यस्तो गर्छौ ?- कविता

सृजना अधिकारी

आँसु र रगतको खोला
बगिरहेको बेला
बाँध बाँध्न नखोज्ने तिमीहरु
कति स्वार्थी छौ

लडेका बेवारिसे लासहरुलाई
लत्याउदै हिड्छौ
तर
उठाउने प्रयास कहिल्यै गर्दैनौ तिमीहरु
कति स्वार्थी छौ ।
नियम कानुन केही बनाउन नखोज्ने
तिमीहरु बरु कारागारको संख्या
बढाउन खोज्छौ ।

हत्या, हिंसा, बलात्कार
बढिरहेको बेला
रोक्न खोज्दैनौ तिमीहरु
बरु घुस खाएर
अझै प्रोत्साहन दिदैँ गर्छाै
तिनै अपराधीहरुलाई ।

आफु माथि पुग्नलाई
आफ्नो अस्तृत्व नै गुमाउन पछि नपर्ने
तिमीहरु जनताको
अगाडि कसरि टिक्न सक्छौ
आत्म निर्भर भएर देश
हाँक्न नसक्ने
तिमीहरु किन विदेशीको आडमा
बाँच्ने गर्छाै
बरु कान समातेर निर्णय गर
राजनीतिलाई सदाको निम्ती त्याग्ने

आउन सक्छ अरु
तिमीहरु भन्दा बेग्लै तरिकाबाट
सहज रुपले देश चलाउने

भो अब छोड तिमीहरु
अघाइसके जनता
तिमीहरुको व्यावहारबाट
हैन भने किन यस्तो गर्छाै ।

Saturday, April 3, 2010

गजल


अधिकारी अनुप्रास
गरेर चैन राजले लडाई गै गयौ तिमी
सुटुक्क दिल रातमा उडाई गै गयौ तिमी

बनेर आश आशमा सुवास फूल झै गरी
छरि निरासका कुरा बढाइ गै गयौ तिमी

बस्यौ म भित्र सानले पढेर दिलका कुरा
लगाई धार बेगले फँडाई गै गयौ तिमी

चुसेर पत्र सानले बनेर मौरी झै गरी
अझै अजम्बरी कथा पढाई गै गयौ तिमी

फिजाई प्रेमका कथा छ¥यौ नशा नशा भरि
भरेर आँसुका घडा ठडाई गै गयौ तिमी
नुवाकोट

मुक्तक

सुजन बैरागी
फूल अनि धर्ती भरि वास्ना छर्दै जाउ
पाइलै पिछे मोडै पिछे खुसि भर्दै जाउ
यहाँ धेरै आउनेछन् वाधा जिन्दगीमा
तोडि वाधा निरन्तर अघि बर्दै जाउ

फूलसँग नाता तोडि जून सँग रुन्छ मान्छे
वारम्बार फस्छ र नी आफै जाल बुन्छ मान्छे
जति जे जे गरे पनि जति शत्रु भएपनि
मरेपछि सबैको लागि जाति हुन्छ मान्छे
शिल्पी साहित्य प्रतिष्ठान

गजल

कोइराला सूर्यकिरण
लुकिचोरी मलाई नि हेर्नोस भिनाजु
दिदी छैन माया जालमा बेर्नोस भिनाजु

हदै भने सौता भन्लि सौतै सहुँला
बाँझै छ यो दिलदार मन केही छर्नोस भिनाजु

मेरै गगन मेरै धर्ती भन्छे हाली ऊ
परजीवि तन मनै चर्नोस भिनाजु

भन्ना साथ को पो आँउछ मेरो बनेर
जस्तो परे सहुला माया गर्नोस भिनाजु

मन कैले भरिन्छ र माया गरेर
आधा घडा किन राखौँ भर्नोस भिनाजु
मोरङ्ग

गजल


विवश थापा आशु
अध्यारोमा यात्रा गर्दा जून कति प्यारो हुन्छ
गरिबी जीवन थेग्न नुन कति प्यारो हुन्छ

माधुर्य नै कस्तो कस्तो सोरठीको खाल भित्र
सारङ्गी र मुर्चुङ्गाको धुन कति प्यारो हुन्छ

चखेवाको जोडि हेर्दा भित्र भित्रै थाहा हुन्छ
ईच्छा भित्र पोतिएका चुन कति प्यारो हुन्छ

सम्बन्ध नै गाँसि हालौ लुकिछिपि गर्नु भन्दा
पुस्तौ पुस्ता बंश धान्ने खुन कति प्यारो हुन्छ

सामीप्यमा प्यास साझा इच्छा पनि बुझ्नु पर्छ
स्पर्शमा जवानीको सगुन कति प्यारो हुन्छ
रुमानी मासिक

मुक्तक


विमल गौतम वोध
महलले साघुँरिएका गल्लिहरुमा जीवनको परिभाषा सोध्दैछु
प्रत्यक धुलकणमा मेरो सपनाको विपनासँग नाता खोज्दैछु
यो मान्छेकै त्रासदी जंगलमा आमा तिम्रो आशिर्वाद बोकेर
गन्तव्यमा दृढ भएरै मोडहरुमा निराशा र आशा भोग्दैछु

गजल

कमला आँशु
मान्छेले नै मान्छे झाँट्या गजल लेख्नुपर्छ कान्छा
रक्सि पिउन छोरी साट्या गजल लेख्नु पर्छ कान्छा

घाँस दाउरा मेलापात र पँघेरीमा धाउँदा
सुन्तलीको चोली फाट्या गजल लेख्नु पर्छ कान्छा

गाँउवेसीकी बुढी आमा सकिुवामा बसी रुदाँ
उमेरले डाडाँ काट्या गजल लेख्नु पर्छ कान्छा

बाबु म¥या टुहुरा ती गरिबका लालाबाला
भुन्टेहरुले खोले चाट्या गजल लेख्नु पर्छ कान्छा

एकछाक जुटाउन संघर्षरत बुढा बाले
नाम्लो अनि दाम्लो बाट्या गजल लेख्नु पर्छ कान्छा
इलाम

मुक्तक


चन्द्र मिजास
कुन्नि के के सम्झिएर रमाउछन यि आँखाहरु
मीठा मीठा सपना बुनी थमाउछन यि आँखाहरु
विक्षिप्त यो मनसँग लुकामारी खेल्दा खेल्दै
गहभरि नीरताल जमाउछन यि आँखाहरु

च्यातिदियौ मन मेरो सिउन विवस भएको छु
नसकेर भुल्न तिम्लाई पिउन विवस भएको छु
वहार बनि आएर उजाड बनाई गयौ आज
तिमी बिना एक्लो जीवन जिउन विवस भएको छु

खुम्चिरहेको नक्सा - कविता

नारायण निरासी
चिन्ता लाग्दछ लाग्छ लागिरहँदा माटो र भूगोलको
को खोज्ला अब औषधी दिन दिनै रोगी बन्यो देश यो
छाती भित्र छ छैन देश सबले छामेर साँचो भन
नक्सा खुम्चिरहेछ यो मुलुकको हेरेर बस्छौ किन ?

नेपाली हुन जिन्दगीभिर यहाँ पाक्ष्इन्छ पाइन्न कि ?
आफ्नो यो पहिचान गुम्न नदिई बाँचिन्छ बाँचिन्न कि ?
हाम्रो राष्ट्रियता विरुद्ध रिपुले औला ठड्याए झन
नक्सा खुम्चिरहेछ यो मुलुकको हेरेर बस्छौ किन ?

हाम्रा शासकको कदापि कहिल्यै सुध्रेन बाङ्गो मति
आँखा मात्र रसाउँछन् मुलुकको सम्झेर यो दुर्गति
बो झिक्ला खिल बिझ्छ यो हृदयमा आफै सुनी रोदन
नक्सा खुम्चिरहेछ यो मुलुकको हेरेर बस्छौ किन ?

केही गर्न बढे अगाडि सबले काँडाहरु गाड्छन्
खुट्टा तान्दछ जो यहाँ हरघडि त्यस्ता सबै टिक्छन्
कस्तो हाय निरिह मानसिकता कस्तो छ पापी मन
नक्सा खुम्चिरहेछ यो मुलुकको हेरेर बस्छौ किन ?

कान्लाको डिलमा बसेर भरिया झोक्राउदै सोच्दछ
नेपालै रहला न यो नरहला चन्ने सधै त्रास छ
आशाले अब बाँच्नुपर्छ सबले फिर्ने छ हाम्रो दिन
नक्सा खुम्चिरहेछ यो मुलुकको हेरेर बस्छौ किन ?

मुक्तक

सृजना अधिकारी
कोपिलानै सही थियो फूल चाडै फुल्न खोज्यौ
मन जीतेर कति चाडोफूलदा निमा झुल्न खोज्यौ
बानी तिम्रो कति राम्रो कुरा अझै चिप्ला गर्दै
झनै याद दिलाएर आफुले चाँहि भुल्न खोज्यौ

गजल

कोमल अविरल तिम्सिना
आजभोली देशै बेच्ने बढे धेरै धेरै
संविधानको गेसै बेच्ने बढे धेरै धेरै

बिग्रिएको मोह बन्थ्यो कुर्सीकै खिचातानी
नेपाल बिर्सी भेष बेच्ने बढे धेरै धेरै

आफ्नो आकार विदेशीको बन्न थाल्यो अरे अचेल
नचिनेर फेसै बेच्ने बढे धेरै धेरै

खाने पिउने एकै ठाँउमा छुट्दा रिसारिस पोख्दै
कस्तो आफ्नै मेसै बेच्ने बढे धेरै धेरै

सुन्दर शान्त भन्छन नेता भित्र भित्रै कुम्ल्याउने
कङ्गाल पारी बेच्ने बढे धेरै धेरै
इलाम

गजल


सरुआस्था
मलाई त भर छैन तारा झार्ने कुरा गर्छौ
ढुङ्गामा नी फुल्छ रे फूल बेर्ना सार्ने कुरा गर्छौ

समुन्द्रमा घर कहाँ बन्छ र भो नराखे आश
वायुमण्डल मेरो भन्दै बार बार्ने कुरा गर्छौ

मनको फाँट सिंचिन्छ रे बाली त्यही छर्छौ कि त
उपयोगि काम भन्दा कुरै टार्ने कुरा गर्छौ

भावनामा भावनानै साटिनुको के जोख
कल्पनाको डुङ्गाचढि जिन्ते हार्ने कुरा गर्छौ

जीवन यो कहाँ फुल्छ कहाँ झर्छ थाहै हुन्न
काही आफ्नो नहुँदामा आत्मै मार्ने कुरा गर्छौ
काभ्रे

गजल

सरुआस्था
जन्मि जीवन भोगेपछि मर्नु नियति
सुन्दर फूल ओइलाएर झर्नु नियति

जे पाइन्छ जीवनमा सबै गुमाउदै
एउटा नहर अर्को बाढी तर्नु नियति

जीवन यो रङ्गमञ्च रंगिदिन्छ आफै
ख्यालठट्टा अभिनय गर्नु नियति

के के आउँछ पद चाल्दा सबै दुःख सुख
जीवनको क्यानभासमा भर्नु नियति

सन्तुष्टिको पर्यायमा बाँच्ने को नै छ र
यता टाल्यो उता भ्वाङ्ग पर्नु नियति