हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Saturday, June 26, 2010

गजल


सुजन बैरागी
दुनियाले देखे जस्तो छैन जिन्दगी
तिमीले गजल लेखे जस्तो छैन जिन्दगी

जीवन भित्र संघर्ष संघर्षमा बाधा
आख्यानमा समेटे जस्तो छैन जिन्दगी

बाधा सँगै ब्यथा अनि ब्यथा भित्र क्रन्दन
बगैचामा भेटे जस्तो छैन जिन्दगी

हाँसो खुसी दुःख पीडा सिसाले लेखेर
इलेजरले मेटे जस्तो छैन जिन्दगी

देख्ने सुन्ने दुनियाले प्रष्टै बुझ्न सक्ने
सारङ्गीमा रेटे जस्तो छैन जिन्दगी

मुक्तक


राम प्रसाद अधिकारी ‘अनुप्रास’
कोही बाध्यताले कोही रहरले प्रेम गर्छन
उदाँउदो सूर्यलाई प्रहरले प्रेम गर्छन
किन धक मान्छौ प्रिय अरुलाई हो र
हामी मात्र होईन पूरै शहरले प्रेम गर्छ

रुवाएर कसैलाई हाँस्छ पापी मान्छे
दुनियाँको आसुँ पिई बाँच्छ पापी मान्छे
आफ्नो स्वार्थ लुटेपछि गर्नु सम्म गर्छ
गुलाव टिप्छ हाँगा धरी भाँच्छ पापी मान्छे

कविता - बा नपिउनुस मलाई लाग्छ


कोईराला सूर्यकिरण

बा तपाई पिउनु हुन्छ मलाई लाग्छ
तपाईले पिउदा सारा गल्लि सडक र भित्ताहरु डरले काम्छन
तर ती नपाईएका हर चुस्किहरु मलाई आभास हुन्छन
बा तपाइृ परिवारको ठूलो भएर पिउनु हुन्छ
तर म सानो छु सानै भएर पिउनु पर्छ
तपाई अरुलाई फरक सोच्नु हुन्छ र दोस्नु हुन्छ
अरुले तपाई फरक सोच्छ र दोस्छ

बा तपाइलाई भविश्य दुख्छ र पिउनु हुन्छ
मलाई वर्तमान मात्र दुख्छ र तपाईले पिएको आभाष मात्र गर्छु
बा तपाई समयलाई दास सम्झनु हुन्छ र पिउनु हुन्छ
तर म आफुलाई समयको दास सम्झन्छु
र तपाईको मातको आभाष मात्र गर्छु
तपाई नफोरिने रबर बन्नु हुन्छ
म कोमल नौनी र रुवा हुन चाहन्छु
तपाई यस केटेराका बचेरा च्याँ च्याँ गर्दा
यिनको भविश्य छटपटाएर भुमरीमा पर्दा
समाज एक पटि र सम्पूर्ण समाज अर्काे पटि हुँदा
प्रिवारको दुृखाईको सङ्गीतमा सबै बिर्सेर ए
बा तपाइृ पिउनु हुन्छ मलाई लाग्छ
तपाईलाई देश दुख्दैन भेष दुख्दैन र केश दुख्दैन
दुख्दैन बा तपाईलाई स्वास्नी र छोरा छोरीहरु
ीयनको शिक्षा दुख्दैन दीक्षा दुख्दैन
तपाईलाई गाउँ र समाज दुख्दैन
बा तपाईलाई दुख्छ त स्वास्नीको छाक टार्ने पैसा
र उनको सृङ्गार दुख्छ
छोराछोरीले खाजा खाने पैसा दुख्छ
राख्ने ठाउँ दुख्छ नपाएमा
नपाएमा तपाई स्वास्नीसँग दोहोरी गाउनु हुन्छ
र छोराछोरी रुवाईको संगीत भर्छन
त्यही संगीतमा डुबेर
ब तपाई पिउनु हुन्छ मलाई लाग्छ
तपाई विहान चाडै देखि त्यही जीउनु हुन्छ
आफ्नो उमेरमै सारा दुख्छ सिउनु हुन्छ
र सानीको जंघार पार गर्दै
चुस्की चुस्कीमा जीवन
बा तपाई पिउनु हुन्छ मलाई लाग्छ ।

गीत


चन्द्र मिजास
जिन्दगी मेरो आसुँमा डुब्यो यो जुनी भरिलाई
पिएर नशा टोलाई रहन्छु सम्झेर तिमीलाई

सम्झेर तिमीलाई बाचेको छु म तिरस्कृत बनेर
जिन्दगी रहे सम्झौला फेरी आफन्त भनेर

एकान्त मात्र साथी भो मेरो शुन्य रात मलाई
ख्ुसी साथ हाँसेर बाँच बधाई छ तिमीलाई

मुक्तक


बुद्धलक्ष्मी तामाङ्ग
नहुदाँ तिम्रो स्पर्श खोजी छ आखाँमा साथको
सधैँ आवश्यकता छ त्यो सहयोगी हातको
त्यो आखाँको हेराई अनि मोहनी मुस्कानको सम्झना
हजारौ सपना र आशा सधैँ रातको

गजल


केशवराज निश्चल
दिनरातै चिच्याउदै कराएर रोयौ सानु
जिन्दगीलाई ठूलो बरबाद गराएर रोयौ सानु

काडाँ बीचमा फुलेर ओईलिएको फूल ठानी
जीवन देखि तिमी अति डराएर रोयौ सानु

नमेटिने दागहरु ब्सेछन र पो यादमा
बल्झेको घाउ घरिघरि चराएर रोयौ सानु

सम्झिएर हरपल तिमीले आखाँ बाट मूल फुट्दा
मनै थाम्न नसक्दा बर्बराएर रोयौ सानु

सपनीमा सोचे जस्तो कहाँ हुन्छ र बिपनीमा
एकमनले त लाग्थ्यो मन पराएर रोयौ सानु

अतित सम्झि घरि घरि लडिबुडि गर्दै
बेहोशी भै संसारमा हराएर रोयौ सानु

गजल

बी.पी. वाग्ले ‘सज्जन’
गल्ति भनु वा विवशता म आउँदा भेट्न सकिन
यतिका महिना बितिसक्दा पनि चिठी लेख्न सकिन

साथी कोही बेपत्तन छन कति प्रदेश लाग्दै छन रे
बाँजो राखी खेतबारी नजाउ भनि बाटो छेक्दै छन रे

बाढी पहिरो महामारी चट्टान पनि मेरै गाँउमा
मेरी उनी सम्झिदिहुन नजिक गई देख्न सकिन

बर्षाै देखिको धोको मेरो मिठो गीत सुनाउने
खुसीयाली छैन यसपाली सारङ्गी मैले रेट्न सकिन

भन्नेले जे जीतो भने पनि म परिवर्तन भएको छैन
दिलमा छन अतितका निसानी मेट्न सकिन

Saturday, June 19, 2010

मुक्तक


सुजन बैरागी
आज मेहन्दी चुरा र सिंदुरले रङ्गेको दिन हो
बाध्यतामा मेरी उनी अन्मेको दिन हो
तर पनि म धेरै खुसि छु सोध त किन
किनकी आज म जन्मेको दिन हो

आगो लगाएर आफै सल्क्यो भन्छौ
ऐना कोल्ट्याएर कस्तो टल्क्यो भन्छौ
तिमी त साँच्चै पढ्न नसकिने किताब रैछौ
डाक्छौ र आउँदा पल्क्यो भन्छौ

छुटेर गयो नभन्नु
चुटेर गयो नभन्नु
रोक्न सकेन तिम्रो बैशले
लुटेर गयो नभन्नु

गजल


केशवराज अर्याल ‘निश्चल’
तिमीलाई देख्न नपाउने जेल भाछ जीवन
मयााको परिक्षामा फेल भाछ जीवन

मयााको दाउमा सधै राखिदियौ तिमीले
सधै हार्ने जुवाको खेल भाछ जीवन

हाम्रो प्रेममा कुनै चोट लाग्न दिन्न भन्थ्यौ तिमी
जता छोयो दाग लाग्ने तेल भाछ जीवन

तिम्रो यादले घरिघरि आँसुको मुल सँगै
हिलो मैलो फोहोर बग्ने भेल भा छ जीवन

तिमीसँगै हुँदा कति शान्त थियो निश्चल
बर्बराउछु एक्लै पागल अचेल भाछ जीवन

गजल


राम प्रसाद अधिकारी
धर्ती अन्धकार छ जूनको कुरा नगर
लुटा फटा पापीको देशमा कानुनको कुरा नगर

नेपाल आमा डाँको छोडि चित्कारले रोएकी छिन
भो मिठो संगीत र धुनको कुरा नगर

आँटो पिठो रोटोले पेट भर्न गाह्रो पर्छ यहाँ
अब गला सजाउने सुनको कुरा नगर

तीन तारे र पाँचतारेमा पुजिँवाल छ सधँै मख्ख
रोल्पा हुम्ला अलिनो छ नुनको कुरा नगर

यता उता जता फक्र्यो सबै पापी ज्यानमारा
सहिद सधँै रोएको छ खुनको कुरा नगर

स्वार्थ लुट्ने होडबाजीमा तँ छाड मछाड चलेपछि
दाजुभाईमा गोली चल्छ गुनको कुरा नगर

गजल


कोईराला सूर्यकिरण
मेरो जिन्दगीको बन्ने आकार तिमीलाई
उन्नती ले गरेका यि साकार तिमीलाई

आँखामा प्रेम फुलाएर रोप्नु छातीभरी
टेकी हिड्ने यो धर्ती आधार तिमीलाई

जति राखे नभरिने यो धर्तीको माया
गगन भरी खुल्ने जूनको हार तिमीलाई

कोही दिन्छु भन्छन फूल कोही जून तारा
मेरो हेर्ने नजर उपहार तिमीलाई

समाजले पौरखा र उर्जा हेर्छ तिम्रो
कमी छैनौ नारी आधा संसार तिमीलाई

मुक्तक


देवेन्द्र मुस्कान ‘घायल’
अनिकालको बिऊ पच्दैन
सन्यासीलाई जीउ पच्दैन
मिठो नमिठो के थाहा बिचरो
कुकुरलाई घिउ पच्दैन

मिलाएर आयौ भने तन मिल्छ
सँधै भरी तिम्रो मेरो मन मिल्छ
तन मन मिल्यो अब के नै छर बाँकी
साँचो मनले मागे पछि जीवन मिल्छ

गजल

सुमन विरही
छहरा झै तिम्रो केश ओढाउ सरु मलाई
तिम्रो मनको कोठा भित्र बोलाउ सरु मलाई

अलि कति तिमी पिउ अलिकति म पिउँछु
अनि मात्र मनोमानी चलाउ सरु मलाई

बेहोसीमा के के हुन्छ जवानीको लिल्ला भित्र
मखमली बिछ्याउनामा ढलाउ सरु मलाई

मुक्तक


बुद्दलक्ष्मी तमाङ्ग
यो बेला नै यस्तो रहेछ मनले धेरै सोच्ने
भावनाले व्यावहमारमा विविध संकेत खोज्ने
हाँस्नु र रुनु जीवन जिन्दगीमा नितान्त रहेछ
कल्पनाको संसारमा पुगेर केही राम्रो रोज्ने
बुढानिलकन्ठ

Saturday, June 12, 2010

मणि अर्याल
देशको लागि काम लाग्ने गजल लेख्न सकिन मैले
आमा रुदाँ आसुँ पुछ्ने गजल लेख्न सकिन मैले

सयौ पटक बहिनीहरु बलत्कृत हुदाँ पनि
सुरक्षाको कबज बन्ने गजल लेख्न सकिन मैले

विकृती र विसङ्गती सँग लड्दा खेरी छारे तर
गरिबीको लडाई जित्ने गजल लेख्न सकिन मैले

जताततै देख्छु म अराजक गतिविधि
समाधानको गोरेटोको गजल लेख्न सकिन मैले

देश दुख्दा कविहरुले कलम चलाउन छाडेको बेला
श्रष्टाहरुलाई झक्झक्याउने गजल लेख्न सकिन मैले
नेपालगञ्ज

गजल


सरुआस्था
विश्वासले भरिएको पुलसरी काडाँ देखें
हिजसम्म आफ्नै लाग्थ्यौ आज अनि टाढा देखें

निर्दाेष यो जीवनमा नियतीको बाटोभरी
छायाँ देख्थे दोष तर आज गाढा देखें

मर्दो रै छ सोझो आत्मा उग्रताको विश्वासले
आस्था मेरो फुटाउदा आत्मीयता भाडाँ देखें

बेचैनीले रुझ्यो मन बिझ्ने काडाँ तिमी भयौ
जोगाउथे आत्मीयता बीचतिर डाँडा देखें

मुक्तक


सुजन बैरागी
शैयामा छु अन्तिम शास शान्त सँग फेर्न देउ
हेरी रहन्छु तिम्रो मुहार अन्त सम्म हेर्न देउ
तिम्रो स्पर्शले अब भेट्ने छैन कहिले मलाई
धित मरुञ्जेल आजै यो अंगालोमा बेर्न देउ

मेट भै रह्यो
ध्यान गै रह्यो
दिलमा मात्र तिमी
होष खै रहयो

गजल


तिब्बत दर्लामी ‘आगन्तुक’
नसोध साथी देशको हाल माटो छ दुखेको
कसरी पुग्ने लक्ष्यमा हामी बाटो छ दुखेको

चन्द्र र सूर्य नेपाली झण्डा पिरले गल्दैछ
दाजु र भाई मिलन छैन फाटो छ दुखेको

सगरमाथा रोएको कठै ! कस्ले पो देख्छ र ?
ढुक्ढुकी चल्छ मुटुको भित्री पाटो छ दुखेको

आगोको वर्षा दर्किन खोज्छ बुद्धको बस्तीमा
युद्धको घाउ बल्झिन्छ क्यारे खाटो छ दुखेको

सक्दछौ भने शहिद तिमी फर्केर आउ न
रगत त्यसै सुक्ने भो हेर टाटो छ दुखेको

गजल











अधिकारी
अनुप्रास
तिमी वरवरै नआउ न बिम्ती
सगै बाँच्ने कसम नखाउन बिम्ती

युगौ देखि पीडा र धोका म पाँए
अझै डस्न यतै नधाउ न बिम्ती

मुटु भित्र सोला छ चस्का देखेको
फेरी प्रेम भाका नगाउ न बिम्ती

भयो टन्न आसुँ जीवनको साहारा
अझै भर्न कुलो नलाउ न बिम्ती

कविता - शान्तीको दीप जलाई

बुद्धलक्ष्मी तामाङ्ग
२०६७ साल आयो नयाँ वर्ष
स्वागत छ तिमीलाई
वैशाख आयो पालुवा पलाई
वसन्त नै रमाइलो सबैलाई
जेठ आयो अनि जेठ १४ पनि
ठूला ठाला नेता मन्त्रि भ्याई नभ्याइ छ सबैलाई
शान्तीको जयन्तीमा कामना छ सबैको
अशान्ती दुर भागोस सधै सधैलाई
ती सम्पूर्ण आगन्तुकहरुको कामना थ्यो
शान्तीका सुनौला दीप जल्नलाई
न त मुसल्धारे वर्षा भयो अशान्ती पखाली
सत्यमा न्यायको पक्ष लिनलाई
आज देशकै लागि यो पवित्र स्थान वौद्ध र स्वयम्भुमा
बसेर शान्तीको दीप जलाएको अवगत नै सबैलाई ।

गजल

युगज्योती क्रियाशील
जिन्दगी हो यो फूल नसम्झ
टुट्छ फलामे पुल नसम्झ

यथार्थ हो रुनु हाँस्नु प्रितमा
तर दुखाउने शुल नसम्झ

जुध्छन ती नजर कहिले काही
जुध्नुलाई ठूलो भुल नसम्झ

बग्ला कहिले आसुँको सट्टा आसुँ
हर आसुँलाई असुल नसम्झ

न खुल्छ अधर न बोल्छ पेरेली
हर मौनतालाई कबुल नसम्झ

गजल

केशबराज ‘निश्चल’
तिमी मेरो प्यारो भन्दै जालमा फसायौ
आफु खायौ मलाई अनिकालमा फसायौ

तिमी महलकी परि म सानो झुपडीको प्यारो
देख्यौ र पो फरक मलाई बेहालमा फसायौ

पियौ स्वार्थ पूरा ग¥यौ तिमीले बिर्सिदियौ धारो
आफु त¥यौ मलाई ठूलो छालमा फसायौ

राजनीति झै तिम्रो माया नबुझेरै सायद
माघ उन्नाइसको कुटिल बुद्धिचालमा फसायौ

मायाको दाउमा राखि रहदाँ तिमीले
सधै हार्ने जुवाको खालमा फसायौ

बाँच्दै छु म आज एक्लै काडाँ टेक्दै संसारमा
स्वर्ग भन्दै छि नरकको आहालमा फसायौ

Saturday, June 5, 2010

गजल

सरुआस्था
जल्यो चित्ता हेरिरहे जलि जान सकिन म
चिता माथि लप्कासँगै बली जान सकिन म

टुक्रिएर गयो आत्मा लाससँगै खरानी भो
पीडा धेरै होला भाग छली जान सकिन म

कति दुखाउँछो दैव दुख्न पनि छाडिसक्यो
आफ्नै मुटु टुक्रिदा नी चली जान सकिन म

साथ हुन्छु अन्त्य सम्म भन्नेले नै छोडिगए
फुल्न सँगै फुल्यौ तर फली जान सकिन म

धेरै चँढे संसारमा दुःखै दुःख सिढीहरु
तर पनि संसारबाट गली जान सकिन म

गीत

सुजन बैरागी
मेरो साथमा मलामी छन तिम्रो साथमा जन्ती आज
मेरो भागमा शंखध्वनी तिम्रो भागमा पञ्चेवाजा

आफ्नो आफ्नो भागमा केछ त्यही न हो पाउने नी
सोधेर कहाँ आउँदो रै छ र लिन आउने नी
तिमीलाई लिन आउनेले खुसी लिई आयो आज
मलाई दियो शंखध्वनी तिमीलाई पञ्चेवाजा

लिई जानेहरु पनि फरक फरक हुँदा रैछन
कोहीले खुसी मन भरि कोहीले दुःख दिदा रैछन
मैले धर्ती छाडेकै दिन तिमीले घर जोड्यौ आज
मेरो भागमा शंखध्वनी तिम्रो भागमा पञ्चेवाजा
www.sujanbairagi.blogspot.com

मुक्तक

कोईराला सूर्यकिरण
छाम्नु छामेर तिमी केही भेटिन भन्छौ
बन्यौ बनायौ पानी केही छेपिन भन्छौ
सस्तो रहेछ धर्ती दलभाउ गरेर बस्यौ
फगत बच्न उैले टेक्दै टेकिन भन्छौ

बिर्सनलाई सजिलो छ टाढा गइ बसेपछि
निस्कनलाई अति गाह्रो बन्धनमा फसेपछि
ऐले भन्छौ जहाँ जाउ जता जाउ तिम्रो खुसी
उपयोग हुन्न मान्छे उल्का नारा खसेपछि

सधैं भेटौ भन्दैन प्रेम
बाटै मेटौ भन्दैन प्रेम
जोडी पंक्षी छुटि रोको
कतै देखौ भन्दैन प्रेम

गजल

केशवराज निश्चल
प्रभातमा पाइला टेक्यौ जून बिस्र्याै तिमीले
छोडी गयौ निष्ठुरीले गुण बिस्र्याै तिमीले

बाँधिएको थियौ तिमी बन्धनमा असिम प्यारको
हीरा पायौ आज भोली सुन बिस्र्याै तिमीले

तड्पाएर बगायौ आसुँको मूलमा जीवन
पेट भ¥यौ जुठो हात धुन बिस्र्याै तिमीले

क्षितिज नाघेको गोधुलीको चमक फि¥यो पुन
बाँच्यौ आज उकमुठी त्यो खुन बिस्र्याै तिमीले

रुदै छौ रे आज भोली सुन्छु चोटै चोटमा
मैले देको उपदेशमा कुन बिस्र्याै तिमीले

कविता

अधिकारी अनुप्रास
पानी झम्झम बर्षियो सगरमा ताराहरु अस्त छन
जनता दिनदिन भोकले मरिरहे नेता सधै मस्त छन
ज्वाला दन्दन दन्कियो सडकमा चल्दै इटा पत्थर
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

रोल्पा खेप्छ कठै अभाव नुनको हुम्ला रोयो भोकले
ब्याधा आँधी तुफानले धुरी ढल्यो रुन्छन बरा जोडले
जुम्लाको झुपडी भरि छ असिना आक्रान्त को देख्छ र
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

वार्ता चल्छ रिसोर्टमा दिनदिनै निष्कर्श निक्लन्न केही
आशा जिर्ण बनेर पर्दछ थला रुदैँ र व्यर्थै हुदाँ
गाँऊको घरको र देश भरको चित्कार को सुन्छर
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

चोरीको भएले कदापी कहिल्यै पर्दैन निन्द्रा कतै
गोली चल्छ र चल्छ बारुद खुँडा बर्सन्छ कोर्रा कतै
बैरीको बीचमा परि मुलुक नै काम्दै यो थर्थर
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

कोही ताक्छ र ताक्छ ताकिरहने कुर्सी र सत्ता सधै
कोही बुझ्दछ काम केही नगरी पेश्की र भत्ता सधै
यस्तो चाल बिछट्ट खप्न नसकि उल्र्याे महासागर
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

नेपाली घरको चुलो दिनदिनै निब्दैछ के कारणले
सारा देश रुवाउने धरमरा बाँचेर हिड्छौ किन
पापीको महिमा चले मुलुकको अस्थित्व के रहन्छ र
उस्तै चाल सधै रहे अब नयाँ नेपाल के बन्छर ।

हाईकु

कोमल अविरल
निर्दो भएर
एक्लो शहरमा म
बाँच्नु बेकार

आँसुको साथ
नदि बनेर बग्दा
बेपत्ता भएँ

शान्तिका दुत
आफै हराए अरे
नेपाल बाटै

अचानो अरे
देश पो परेको छ
नेपालको जाल

बग्छ अचेल
पानी होइन खुन
नदि नदिमा

नदुखेको हो ?
छिनाउँदा घाटि पनि
न्यायको खोजी

गजल

बि.पी. ईलामे
जोडोको के कुरा आगो बलेकै छ आज
ताप लौ कति ताप्छौ घर जलेकै छ आज

धासार सारा छेउकुना झम्पल लगाएरै
भत्काउ मेची काली माटो गलेकै छ आज

डढाऊ टुँडाल सारा अश्लिल लाग्न सक्छ
भत्काऊ स्वाभिमानको जग गजुर ढलेकै छ आज

हिमाल भसाएर पहाड उठाउने रे
दिल्ली काठमाण्डौको हल्ला चलेकै छ आज

गजल

युगज्योती क्रियाशिल
आफ्नै नियतीले आफैलाई डसेको मान्छे म
जिन्दगीको यो जंजालमा फसेको मान्छे म

कठै ! आसाँ पो परेछ मेरो भागमा हजुर
पीडाको जंजिरले मलाई कसेको मान्छे म

पाउँछु कि कतै तिम्रो माया भनि सुटुक्कै
थाहै नदिई तिम्रो मुटुमा बसेको मान्छे म

जानी नजानी म तिमीलाई पाउँ भनि
देवी देवता भाक्न मन्दिर पसेको मान्छे म

कहाँ थियो र भाग्यमा मेरो तिम्रो साथ
बेहोशी मै प्रेमको रङ्ग घसेको मान्छे म

गजल

नेत्र बन्धन के. सी.
भन्न त मन धेरै थियो हेर्दा डल्ली काली रैछौ
कुराको छाँट यसो बुझ्दा साँच्ची तिमी जाली रैछौ

जाली कुरा गर्छौ काली घरमा छोरा छ नै भन्छौ
बुझ्नेले त बुझ्ला आखिर तिमी साँच्ची खालि रैछौ

कम्मर मर्काई आँखा सन्काई नाच्न तिमी जाँदा खेरी
कताकती नाटकमा रोल पाउँदा सिन्दुर हाली रैछौ

मनको कुरा भन्न खोज्दा लाज आफै माने पनि
सम्झिएर सपनामै काखमा हाम फाली रैछौ

के हुने र कस्तो हुने आफै सोच्छौ जीवनको
लक्ष्य पूरा गर्न हात हेराउन धुपबाली रैछौ

गजल

बुद्धलक्ष्मी तामाङ्ग
आज भोलीको यो संसार नै यस्तै छ सत्य झुटोमा छु
साँचै भविश्य रचि एउटा सपना पोको पारेको छु

पागल शरिर एकत्रित गरी सोचाईमा छ जीवन
नियती र भाविलाई संघर्षको चुनौती दिएको छु

जुन फूलले फक्रेर वास्ना छर्न पाएको छैन जीवनमा
जिन्दगीले रचेको खेल खेल्न मैदानमा उभिएको छ

जुन वस्तुले गन्तव्यनै खोस्रन सकेको छैन जीवनमा
विभिन्न रोग समस्या चिन्ता आदि लिएर समयको सारमा चलेको छु
बुढानिलकण्ठ

Thursday, June 3, 2010

बाल कविता - बाला नर नारी

कोइराला सूर्यकिरण
देश हेर्ने तारा हामी
जून जस्तै नामी
पृवीका गहना हौ
ठान सुन खानी

बिहानको घाम जस्तै
उदाएका हामी
छर्छाै छर्छाै ज्ञान ज्योती
मुना दुरगामी

नचिनेको देख्छौ किन
जन्म भूमि माटो
हेर हामी खोल्छौ खोल्छौ
भविश्यको बाटो

हाम्रो जात फुल फुल्ने
हेर फुलवारी
भबिश्यका कर्मशिल
हामी नर नारी

तिमी खेल्ने नी खेल्ने
एउटै फूलवारी
हामी उठे देश उठ्छ
बाला नर नारी

गजल

सुजन बैरागी
तिमीले महल ताक्यौ मैले यहि झुपडी टालीराछु
तिमीले बाली गयौ पानस मैले तेल हालीराछु

आफ्नै मात्र सोच्दा रैछन् अरुको केही वास्ता छैन
धोका खाईसकेपछि बल्ल चिन्न थालीराछु

फूल देखाई काँडा दिँदारैछन् कहाँ कोही कोही
काँडैकाडा भयो जीवन काडैमा पद चालीराछु

यता हे¥यो छिद्रैछिद्रा उता पनि उस्तै देख्छु
कुनै दिन त टालीएला आशा मनमा पालीराछु

अँधेरो छ संसारसँगै मन पनि अधेरो नै
ज्योती दिन पनससँगै मनको दीप बालीराछु

कविता - मेरो कविता

गायत्री खतिवडा
म आरामका कविता लेख्छु
म खुसीका कविता लेख्छु
हाँस्य रसमा चोपेर
बगैचामा फुलाएर रङ्गीन दुनिया सजाउछु
म आफ्ना कवितालाई प्रेम दिन्छु
स्वतन्त्रता भोग्छु अनि
खुला वातावरणमा रमाउछु
म रातका अँधेरी कवितालाई दिन्छु
सपना भरिका मिठास यथार्थमा घोलेर
मसि बनाउँछु
म आफ्ना कवितामा विश्व फैलाउँछु
म मेरो कवितामा संसार मौलाउँछु
म मातृत्व देखि प्रणय सम्म
घुसेर अनुभूति गाँसेर कवितालाई पहिराउछु
मानवता र भातृत्वका पक्ष लिने
मेरा कविताले सारा सृष्टि समेट्छन
म पहराको बावियो देखि
तलाउका कमल सम्म पुग्छु
लहरा पहरा ताल सागर सबैबाट
एक रस निकाल्छु सुधा युक्त
कविताले हृदय सजाउछु
म आरामका कविता लेख्छु
म रोदनका कविता लेख्छु
म एकान्तमा पिल पिल गर्ने झुपडीमा बस्छु
त्यहाँको दुःखमा झुलेको शिशुका चित्कार
अनि आमाको स्नेहालु
फरियाका मुजामा लुटपुटिदै गरेको
शिशुको टिठ लाग्दो अनुहार हेर्ने
विवश बाबुको रोदन देख्छु
आँखा नदेख्ने संसारबाट रङ्ग विहिन
अन्धालाई म मेरो कवितामा लेख्छु
लङ्गडाको बैशाषीलाई मसि दिन्छु
म मेरो कवितामा भूगोल समेट्छु
विज्ञान खोतल् छु अनि
निर्जिव माटोमा जीवन भरेर सार्थक तुल्याउछु
यसरि म आफ्ना कवितामा साँच्चै
सजिवता लेख्छु
जहाँ कसैले हस्ताक्षेप गरी
निर्जिव नभनोस
म आरामका कविता लेख्छु
म दुःखमा झुल्ने खुसीका कविता लेख्छु
म यस्तै चित्रमा रङ्ग भर्छु
म सजिव पानामा सजिब मसि पोख्छु
तब म अनुभुतिका कविता लेख्छु

कविता - तिम्रो डबलीमा

कोमल अविरल
सुन्दर शान्त चिसो वाहरमा
एकै साथ बस्दा कति रमाइलो
तिम्रो डबलीमा केबल तिम्रो डबलीमा
एकै साथ अँगालोमा प्रेमलापका कुरा गर्दा
वसन्तको बाहार सँगै तिम्रो डबलीमा
तिम्रो मेरो भलाकुसारी
कति मिठो हुन्थ्यो तिम्रो डबलीमा
जीवनका भोगाईहरु सँग सँगै
मिर्मिरेको किरण सँगै
कति बिते होइन र ?
प्रेमका पुजारी बनेर
एक जोडि प्रेमी प्रेमीका सँगै
वार्तालापमा मस्त हुँदा
के के भयो के के
कसलाई के थाहा उनको डबलीमा
तिम्रो डबलीमा
अविरल आफ्ना कहानी
अघि बढिनै रहेका हुँदा
तिनै प्रेम कहानीलाई लिएर
जिन्दगीका खुड्किला चढ्नु छ
मौनताको प्रेम चरमतामा पुग्दा
थाहा छैन के के वाचा भए
प्रेम कहानी चलि नै रह्यो
टेलिभिजनको सिरियल जस्तै
कसौटी बनेर
मात्र तिम्रो समिपमा
तिम्रो डबलीमा तिम्रो डबलीमा
मात्र सपनिमा मात्र निहारीमा
आखिर तिम्रो डबलीमा

गजल

बिमला पोख्रेल
समयले थप्दै गयो चोट जिन्दगीको
भत्के पछि आशा अनि अठोट जिन्दगीको

एकातिर टाल्दै लान्छु अर्काे तिर च्यातिदैछ
लाए पछि माया मानी खोट जिन्दगीको

फिका भए जीवनका रङ्ग सुकेपछि आस्थाका फूल
परे पछि वगरमा बोट जिन्दगीको

जहाँ टेक्छु पहिरो जान्छ बोझ भएकी धर्तीको
नपाउदा आधार अनि सपोट जिन्दगीको

आफ्नै ठाने जीवनमाने छल्यो आज कर्मले नै
बिक्यो आज पिरतीमा नोट जिन्दगीको

दुख्दा कतै मनहरु कतै हर्ष उल्लास हुन्छ
किन ? फरक फरक हजुर बनोट जिन्दगीको

गीत

सरुआस्था
म रोएको रात जल्यो आसुँ बगाई रोक्न सकिन
कहाँ कहाँ प¥यो झिल्का धिरताले छेप्न सकिन

आँधी आयो हुन्डरीले घर माथिको छानो उडायो
ओल्लो गाऊँ पल्लो गाऊँ डाँडाकाडाँ सबै सुसायो
कापे पछि पद मेरो आफ्नै मुटु भेट्न सकिन
कहाँ कहाँ..........................................
म रोएको रात.................................

यस्तै रैछ जिन्दगानी आधिहुरी सहनुपर्ने
आफ्नै आँखा तालभित्र जीवन यो वहनु पर्ने
उकैछिनमा मनको बादल फुट्यो आँसु रोक्न सकिन
कहाँ कहाँ ..........................................
म रोएको रात.................................

गजल

गीता दुलाल
मेरो पनि घरमा कुरा सार्नुपर्ने थियो
तिम्रो जस्तै सबलाई खुसी पार्नुपर्ने थियो

हतारमा सोचे भन्छौ के गरौ खै म
आफु खुसी निर्णय त बार्नुपर्ने थियो

कसिलाउने पाटाहरु धेरै होलान यहाँ
राम्रा नराम्रा हृयदी चाहना मार्नुपर्ने थियो

अघि बढौ आँट अब भनि रहन्छौ जहिल्यै
भावनाको प्रतिफल खार्नुपर्ने थियो

होमिएको छु समयको भेलमा निमीलाई के थाहा
आफुसँगै आफन्तलाई नी तार्नुपर्ने थियो