हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Sunday, March 28, 2010

मुक्तक

कोइराला सूर्यकिरण
हिरोको अगाडि पिरो टिकदैन
मूर्खको अगाडि हिरो टिक्दैन
सधै मुल्य हराएर होला
एकको अगाडि जिरो टिक्दैन

जन्मि ज्ञान कहिले पनि बुढो हुदैन
सानो हुन जान्ने ज्ञान खुंडो हुदैन
श्रष्टा मर्छ सृजना ती अमर हुन्छ सधै
नपल्टिने लाछको त्यो मुढो हुदैन
अध्यक्ष

मुक्तक


सुजन बैरागी
आगो सँग खेल्न खोज्दै छ यो जिन्दगी
उस्तै भयो सुखा वगर र यो जिन्दगी
जति जति साँच्न खोज्यो उति नासिन्छ
कसो गरि जोगाइ राखौं म यो जिन्दगी
सचिब

गजल

विवश थापा ‘आशु’
वास्ना दिन नसकेनी फुल्नु पर्छ मुना
डालि डालि लत्रिएर झुल्नु पर्छ मुना

अनौठो अनुपम सहयात्रा सजाउदै
लेक वेशी चारै तिर डुल्नु पर्छ मुना

एकै चोटी पीडा थेक्न आहा कति गाह्रो
थोरै थोरै गार्दब्याथा हुल्नुपर्छ मुना

मन भित्रका इच्छाहरु मनमै राख्नु
एकान्तमा सँगै बस्ता खुल्नु पर्छ मुना

पवित्र प्यार झुपडिलाई दिन्छौ भने
विम्ती विवश सँगै भुल्नु पर्छ मुना
रुमानी साहित्यिक मासिक

मिलिजुली अघि बढौ - कविता

निरु त्रिपाठी
अन्धकारमा निसास्सिएर
उकुसमुकुस रहेको यो केदीको अस्तित्व खोज्न
आइपुग्छन जब कोही
म क्षितिज सम्म फैलिएर
नीला–नीला गगनमा
विविध स्वरहरु मिसाउदै नाच्दछु

मेरो एकान्तको पुकार
यो अरिष्ट शरीर
कुण्ठित, व्यथित मनको आवाज सुनेर
अपरिमित पाइतालाको डोबहरु मेरो निम्ती सर्दछ त !
यो जगतलाई पूर्ण बनाउने मेरो लक्ष बन्दछ ।

तिमी पनि आउ नारी हामी सँगै हिँड
भनि जेलको ताल्चा खोलिन्छ त
स्वतः मेरो हातबाट हतकडि फुत्कन्छ
अनि, हरेक कठिन यात्राहरु पनि सहज बनेर आउछँ

सुशोभन वाणीबाट मलाई हौसला दिदैँ
जब सुश्राव्य गजल मेरो निम्ति कोरिन्छ
तब यो संसारलाई मन्थन गरेर अमृत र
कल्पवृक्षहरु निकाल्न मद्दत गर्न पुग्दछु ।

द्रौपतीको इज्जत दुर्याेधनले गर्न पुग्छ
अग्नि वरीक्षा कैयौ सीताहरुबाट विलिन गराइन्छ
अनि उर्वसी र केयौ इन्द्रको पञ्जाबाट फुत्कन पाउछन भने
म विगतको तिम्रो अन्याय र अत्याचार बिर्सिएर
तिम्रो निम्ति गीत गाउन तयार छु ।

हे पुरुष
अनादिकाल देखि तिमीले मलाई
धेरै भययुक्त कहानी सुनौर सुताइरह्यौ
झ्यालको पर्दा लगाई लगाई
तर्साइ तर्साइ सुताइरह्यौ
रोशनीमय संसारको दर्शन गर्न नदिएर परिभव गरिरह्यौ
म गुम्सिएर मुर्मुरिएर बाँचिरहे
म भित्र रहेको हीरामा ढुसी आउँदा पनि
सफा गरि प्रदर्शन गर्न दिएनौ
म भित्र रहेको हीरालाई म सँगसँगै
अन्त्यष्टि गर्नको निम्ति छोडिदियौ
मेरो हीरा निमेष निमेषमा स्वतन्त्रको श्वास
मागिरह्यौ गिडगिडाइरह्यौ रोयो चिच्यायो
उसको चिच्याहट मेरो हृदयको वरिपरि ठोक्किएर
आखिर अन्त्य हुन्थ्यो
विचरा मेरो हीरा रुदाँ रुदै थकित भएर
अन्ततः दीर्घ निन्द्रामा पुग्थ्यो ।
तिमी अपराधी बन्यौ पुरुष
मलाई पनि अपराधी बनायौ
तिमी मलाई खुम्चाएर अपराधी बन्यौ
मैले मेरो हीरालाइृ निस्कन नदिएर अपराधी बने
तर पनि
यदि आज तिमी मेरो निम्ति बोलिदिन्छौ भने
हरेक दिन मरो मुक्तिको निम्ति पनि सारङ्गी रेटिदिन्छौ भने
हरेक दिन म उत्सव बन्छु
म दिवस बन्छु भने
म तिमीलाई श्राप्न छोडिदिन्छु
तिमी प्रति मेरो सम्मान अटल रहने छ
तिमी प्रति मेरो विरोध युद्ध समाप्त हुनेछ
आउ ! मिलेमतो गरौ
सन्धि गरौ
समानताको कागजमा हस्ताक्षर गरेर
समाजरुपी बगैचामा सँगै फुलौ
अनि
निसुदन, परिच्युति, परिध्वंस, परिछिन्न, अपरितोषलाई
अनावर्तन गरी
एउटा अकल्मष देशको निर्माण गरौ
अविनाशी शक्तिको धारा बगाई
हातमा हात काँधमा काँध मिलाई अघि बढौ ।
गोल्डेन गेट इन्टरनेशनल कलेज

मुक्तक


चन्द्र मिजास
क्या ढकमक रेछ बागलुङ तिमी फुलेर
कया झकमक रैछ बागलुङ तिमी खुलेर
चारैतिर हरियाली मन यतै छोरिने भो
क्या लह लह रै छ बागलुङ तिमी झुलेर

बागलुङ पुगि मनको वह खनाएर आँए म
श्रष्टा हुनुको जात पनि जनाएर आँए म
सुप्रभातको परिचय गराएर नउाँ ठाँउमा
नयाँ नयाँ थुप्रै साथी बनाएर आएँ म
उपाध्यक्ष

गजल


अधिकारी अनुप्रास
देउरालीमा सँगै घाँस काट्थ्यौ हामी पैले
गोठालो गै माया प्रिती साट्थ्यौ हामी पैले

एकान्तमा बसि हर्ष आनन्दका कुरा गर्न
सँगै मिली सँयौ झाडि फड्थ्यो हामी पैले

वनभरि चाहरेर एैसेलु र काफल टिपी
पिरतीको प्रसाद भन्दै बाँड्थ्यौ हामी पैले

दिनभरि यत्रतत्र कता चार्थाै चार्थाै
स्कुल गयौ भनि सबैलाई ढाट्थ्यौ हामी पैले

परिवारलाई परिक्षा छ भनि ढाँटिवरी
औला ठोकी स्वर्णीम भाषण छाट्थ्यौ हामी पैले
सदस्य

म मेरको छैन - कविता

अनुज गन्मी
ए ! म मेरको छैन
त्यो मेरो लाश मात्र हो
एता फर्क र म तिर हेर
म तिम्रो गालामा चुमी रहेछु

अब तिमीहरु
देख्दैनौ मलाई
न सुन्न सक्छौ आवाज
मेरो लागि तिमीहरु
बहिरा छौ लाटा छौ
र अन्धा ।

मेरो गगन चुम्ने सपना
पूरा भएको छ
म वाकसबाट संसार
नियाली रहेको छु
हावामा तैरिएर

म वेकम्मा बने तिम्रो लागि
तिम्रो आसुँ पुछ्न सकिन
न त ओठ चुम्न
म मात्र दाउरो
जलाएर आगो ताप्न सकछौ
कुहिएर सुलो जस्तो गन्हाउन सक्ला
अहँ तिरस्कार नगर
म आउने छु तिम्रो सपनामा
तिम्रो मस्तिष्कमा
म हराएको मात्र हु
मरेको छैन ।

मलाई हराउदा तिमीहरु
शोकमा छौ
म हर्षले स्वर्ग चुम्दै छु
मे तिमी खुसी छैनौ ?
मेरो जन्तिमा
मेरो मृत्युमा
त्यसैले मैले वीजय पाएको छु
संसार माथि
त्यसैले भन्छु म
म मरेको छैन ।

Sunday, March 14, 2010

मुक्तक

युगज्योती क्रियासिल
तारा हैन जुन चुनेछु
ज्डेर मोती प्रित बुनेछु
एक आवाज देउ सपनीमा
विपनीमा तिम्रै सामु हुनेछु

मेरो यो आँखाको नानी हजुरलाई
मोती दाना शितपानी हजुरलाई
लाली किरण बोकी ल्याउने
हरेक नयाँ विहानी हजुरलाई

मुक्तक

राम प्रसाद अधिकारी
दिल तोडेर पिरती लाउनुको अर्थ छैन
झुटो माया मुटु भरि पाउनको अर्थ छैन
अन्धो प्रेम गर्नेहरु वास्तविकता बुझ्ने गर
एकोहोरो मात्र भेट्न धाउनुको अर्थ छैन

मैले तिमीसँग चिप्ला चाप्लुसिका कुरा गरिन
विहान बेलुकाको छाकको पैवाह नगरी शरिरमा अत्तर छरिन
यसैले परिणाम पाए नी हैन प्रिय
त्यसैले त तिमीलाई म मन परिन

Saturday, March 13, 2010

मुक्तक

किशन शीतल विवस
त्यताको चोकले यताको भोकले सतायो
दुःख संगालेर रमाउनु पर्ने शोकले सतायो
घामको कसम खाएर भन्छु सबै भन्दा धेरै त
आश्वाशन विर्सने नेताको शोकले सतायो

घर माथी घर बनाउदै छ काठमाण्डौ
शहर हुनुको जात जनाउदै छ काठमाण्डौ
वल्लो कोठाको शोक थाहा नपाउ झै गरि
पल्लो कोठामा धुमधाम खुसि मनायदै छ काठमाण्डौ

मुक्तक

सुजन बैरागी
गाँउ बदलेर छारे नेताले
नेताहरुकै रेकर्ड तोरे नेताले
गरे के नसकिने रैछ र
जनताको विश्वास जोरे नेताले

फूललाई कोमलताको प्रतिक मानि गल्ति गरे
माया गरि सुम्सुमाए जानाजानी गल्ति गरे
स्वर्थै स्वार्थ भरि सकेको छ यो संसार जाने र नी
उनिलाई मुटु बीचकै ठानी गल्ति गरे

मुक्तक

अग्नि पुष्प
आमा बुबा भाई वहिनी सँग छुटेको सम्झन्छु सधै
जाँतो घुमेको अनि ढिकी कुटेको सम्झिन्छु सधै
गाँउमा मेलापात र गोठालाको लागि भुटेझै आमाले
अचेल यो शहरमा पनि मकै भुटेको सम्झन्छु सधै

आज भोली कस्तो कस्तो भयो मान्छे
मान्छे पनि होइन जस्तो भयो मान्छे
साँच्चै नै भन्ने हो भने संसारमा
कठै सबै भन्दा सस्तो भयो संसारमा

मुक्तक

सुदिप देवकोटा
तिम्रो हुन नपाएर कति रोए रोए
मेरी जून नपाएर कति रोए रोए
जीवन भरि उनको सिउदो रंगाउन
रातो खून नपाएर कति रोए रोए

आँखा जुध्यो मन बोल्यो अनि लजाए
रत भित्र भित्रै यो दिलमा सँजाए
सोध्र्दै नसोधी दिलमा कोही छ कि भनि
मनमा झ्याई झ्याई ती पञ्चे बाजा बजाए

मुक्तक

कोमल अविरल तिम्सिना
तिमी तिमी भन्दै बिते सँयौ रातीहरु
नय नयतै अधर यतै तर विश्वास घातीहरु
अग्रास विना सहदै छु छुरा चले पनि यहाँ
छिया छिया भएर नै च्यातिएछन घातीहरु

नशासरि सम्बनधको छाल आफैचल्छ क्यारे
नबोले चोखो माया दन्किएर बल्छ क्यारे
सोधिराछु भनिदेउन तिम्रो शब्द चित्र भित्र
एकै शब्द नसुनेमा मेरो मुटु जल्छ कयारे

मुक्तक

सरुआस्था
थाहा थियो बिझ्छ काँडा तर फूल बिझ्यो साथी
रुझायथ्यो पानी ले त घाममै जीवन भिज्यो साथी
यस्तै रैछ दुर्नियत तुषारोमा बाँच्यो जीवन
आफ्नै आश्रुताल भरी आफ्नै जीवन रुझ्यो सथी

शहरमा घाम ताप्नु किन्नु पर्छ आमा
पाइला पाइला ठेस लाउदै हिड्नु पर्छ आमा
आफ्नो को हो पराई को हो ठम्याउनै गाह्रो
माफ्नै मन जाँचि आफै चिन्नु पर्छ आमा

मुक्तक

बोध
साथी खोज्दै हिडेको बल्ल पाइएको छ
ढुङ्गो खोज्दा देउतै देखेर आइएको छ
उनको बाले पनि ज्वाँई खोज्या छन रे
यता मेरी आमालाई बुहारी चाहिएको छ

न दह्रो जरा न काण्ड पोथ्रै पोथ्रा हो जीवन
ताछेर फोहोरमा फाल्ने बोक्रै बोक्रा हो जीवन
आशाहरु मसानघाटमा चित्कार गरिरहदा
लाग्छ रस चुसि फालेको छोक्रै छोक्रा हो जीवन

मुक्तक

कोइराला सुर्यकिरण
टेक्ने लौरो लात हान्यौ घात बुढाको
साहारा थ्यो टेकि हिड्ने जात बुढाको
फुर्ति नलाउ तिमी पनि बुढा हुन्छौ साथी
भोग्छौ तिमी चाहिन्छ तिम्लाई साथ बुढाको

दाल पाकेनी मिठो हुनु पर्छ
बाल पाकेनी मिठो हुनु पर्छ
मन त बुढो कहाँ हुन्छ र साथी
पाल ढाकेनी मिठो हुनु पर्छ

मुक्तक

कमल राज के.सी.
चन्द्र वदन जिउ देख्दा हिँऊ जस्ति गोरी भन्यौ
गाजले आँखा देख्दा नक्कली मोरी भन्यौ
माया गर्न ओठ खोल्दै थिँए रुमालले नक छोप्यौ
सास गन्हाएछ सायद कस्ति फोहोरी भन्यौ

प्रियसीको भर नहुनु के अचम्म भो र
बालुवाको घर नहुनु के अचम्म भो र
अस्तित्व लुटाई सके पछि फूललाई
इज्जातको डर नहुनु के अचम्म भो र

मुक्तक

पि. आर. सुदाम
यो महिफिलमा उनको तारिफ एकाएक
हर दिलमा उनको तारिफ एकाएक
प्रेम युद्धमा होमिने योद्धाहरु बाटै
हुन्छ सिबिलमा उनको तारिफ एकाएक

यहाँ फूलहरु घोच्नमा सिपालु हुन्छन
मनभरि थरि थरि सोच्नमा सिपालु हुन्छन
भगवान कसम साँचो माया पाइदैन यहाँ
माया सँगै जहर र घात मोछ्नमा सिपालु हुन्छन

मुक्तक

देवेन्द्र सिंह वस्नेत मुस्कान
ढुङ्गा हान्यौ पोखरीमा छाल उठाइनौ
पासो थापी माछो मा¥यौ जाल उठाइनौ
आफै दङ्ग परे मत तिमी कस्तो मान्छे
भात खाइ त्यही चुठ्यौ थाल उठाइनौ

नचोखिन्छ तिमी जस्तै
न जोखिन्छ तिमी जस्तै
कर्कलाको पानी भएनि जिन्दगी
नपोखिन्छ तिमी जस्तै

Sunday, March 7, 2010

जुम्रा (poem)


साबी श्रेष्ठ
टन्न पेट भर्यो
शाखा सन्तानलाई पुग्ने भयो
अझ डकार्छ पनि
खुलेआम
ढ्यायायाउउउउ।।।
लाज घिन पचिहाल्यो
सुर्ता के छ र रु
चुस्न पाएकै छ
निमुखाको रगत
जति कन्यायोस्
जति चिच्याओस
झनै उफ्रिदिन्छ
मच्ची मच्ची
पिङ खेल्दै कपालमा
आहा चचहुईईईईईई,,,,

गजल

कमलराज के सी
म बाँचेको परिवेश खराब छ
अकालमै मर्नु पर्ने दबाब छ

केबल मान्छे छन मानवता छैन
दुर्जनहरुको प्रभाव छ

कसरि चिन्नु मैले को हो भनेर
अनुहारमा सबैको नकाव छ

पढाइन्न यहाँ कुनै वेद वेदान्त
मानिस सँग नीति सुन्य किताब छ

चोखो माया त लिलाम भै सक्यो
मात्र कुटिल मुस्कानको रवाफ छ

मुक्तक


सुजन बैरागी
आज पनि मैले चुक्नु पर्‍यो तिम्रै कारणले
बल्झिएर फेरी झुक्नु पर्‍यो तिम्रै कारणले
अतितको हामी बीचको प्रत्यक कुरा सम्झिएर
आफै सामु आफै झुक्नु पर्‍यो तिम्रै कारणले

गजल

रबिन्द्र बि.सी.
फुल्न खोज्ने कोपिलालाई रोक्छन यहाँ मान्छेहरु
म त यस्तो उस्तो भनि खोक्छन यहाँ मान्छेहरु

माया प्रेम खुसि पिइ आफ्नोपनको आभास दिई
मासु जोखे झै मान्छेलाई जोख्छन यहाँ मान्छेहरु

साँच्चै कस्तो अजिव र अनौठो छ संसार यो
मान्छेले मान्छेकै मोल तोक्छन यहाँ मान्छेहरु

बाहिर देखावटी रुपमा त सबै बन्न खोज्छन साधु
मानमा भने षडयन्त्रको झेली बोक्छन यहाँ मान्छेहरु

मानव हो कि दानव हो किटेर भन्नै गाह्रो
जसले शोषण दमण गर्छ उसैलाई ढोक्छन यहाँ मान्छेहरु

अलिकति अबिर लागाउदैमा खै के देख्छन कुन्नि
घृणा गरि मान्छेलाई ढुङ्गालाई ढोग्छन यहाँ मान्ेछहरु

पराइको त के कुरा भो आफ्नोले आफ्नैलाई
भुस्याहा कुकुरले टेके झै टोकछन यहाँ मान्छेहरु

कविता


सरुआस्था
पुरस्कृत कविता
सान्त्वनाका कोर्राहरु
नयनको नभबाट
दुई थोपा आँसु उभारेर
स्वप्नील सम्झनामा
ताराहरुसँग नजर साटासाट गर्दै
एकपटक आफ्नो दाजुको रुप सम्झि
आमासँग प्रश्न गर्छ उ
आमा मेरो दाजु त्यो जुनसँग
खेलिरहनु भएको छ ?
स्मरणका स्फुरण गर्दै
आमाको मौन मनलाई भासि
पुनः प्रश्न गर्छ उ
अस्तिनै तपाईले
भन्नु भएको होइन
दाजु खोई भन्दा
आकाशको तारा भयो भनेर ?
हो............?
आमा साँच्चै हो....?
सबै भन्दा माथि चम्कने
आकाशको त्यो तारा
मेरो दाजु हो ?

तप्प तप्प रगत चुहिएको
मुटुबाट मूल फुटाउदै
शान्त्वनाको कोर्राहरु लगाउदै
एकपटक आमाले
आफ्नो मुख फोर्छिन
हो वा, त्यो सबेभन्दा बढी चम्कने तारा
त्यो तिम्रो दाजु नै हो
केही साल पहिले जनआन्दोलनमा
साहदत प्राप्त गरेर
आकाशको तारा भएर
उज्यालो छरिरहेछ ।

गजल


चन्द्र मिजास
पुरस्कृत गजल
थुप्रै तन्त्र आए यहाँ झन झन देशकै बेहाल भयो
जुनै तन्त्र आए पनि निमुखाकै काल भयो

कैले राजा कैले मन्त्रि सत्ता खोसाखोस गर्छन
जसले शासन गरे पनि अखिर उस्तै ताल भयो

सत्ता हातमा हुनेहरुलाई कसको के नै लाग्दो रै छ
जनताको आक्रोश पनि वर्षे भेलको छाल भयो

नेता ज्यूको भाषण मिठो बोली पिच्छे विकास गर्छन
आश्वासनका त्यान्द्राहरु मन ओताउने पाल भयो

विचित्र छ हाम्रो नेपाल लाश उठि गोली ठोक्छन
इतिहासको अक्षरहरु ढाकछोप गर्ने जाल भयो

टिस्छा र अनि टमकपुर त अझै पनि रुदै छन रे
देशका टुक्रा टुक्रा भू भाग धितोद राख्ने माल भयो

टनकपुरको रोग अचेल सुस्तातिर सर्दै छ रे
देशै रोगले सिकिस्त छ खै कस्तोल यो चाल भयो

आउ अब भरिया दाई शासन आफै गर्नु पर्छ
शासन गर्ने नेताहरु शामन्तिकै रुमाल भयो ।

गजल

कोमल अविरल तिम्सिना
छोड भन्यौ तिमीले शहर भुले शहर पनि
प्रेमले रोप्यौ गुलाव भनि फुले रहर बनि

फुलै पनि जिन्दगीमा सुकाएर झार्ने भए
भमरा हँु सुगन्धमा झुले बहर बनि

रोज्नु प¥यो भने मैले कोपिलामै सजाएर
राख्ने थिए तिम्रो प्यास खुले कहर बनि

अत्तर पनि मिल्दो रै छ फूलसँग सगै पर्दा
प्यास अचेल अन्तै होला धुले नहर बनि

गजल

राम प्रसाद अधिकारी
सत्य भाव सधै मन्मा पालेर बाँच्न सिकौ
कगजको छिद्र छिद्र टालेर बाँच्न सिकौ

सारा संसार अन्धकारमा रुमलिदै चलेको छ
आत्म ज्ञानको दीप सधै बालेर बाँच्न सिकौ

पदार्पणमा बाँच्नु पर्ने पुगिन्न है गन्तव्यमा
सुस्त पाइला तिब्र तिब्र चालेर बाँच्न सिकौ

दरिद्रको भाव हुन्छ उँधो गति उधो मति
दारिद्रको जरै सुद्ध उखालेर बाँच्न सिकौ

चुलिएछ समाजमा कुरितिका प्रतिहरु
सत्यकार्य गरि तिन्लाई फालेर बाँन्च सिकौ

गजल

कोइराला सूर्यकिरण
गुलाव आज फक्रिए जस्तो लाग्दैछ बदनमा
दुखेन नयन सुकेर आज घुम्दैछन पवनमा

यति नै बेला जुनले आरिस गरेर हेर्नुमा
केही छ आज उल्लास तिमी देख्दैछु शयनमा

हिलाको कोमल पछ्यौरी उडी हाँसेको देखिन्छ
चलेकी हौली त्यै रीत तिम्ले चलेको चलनमा

अमृत पिएझै आभाष गर्छन भमरा फूलमा
पाँऊ झै लाग्छ हृदय भित्र डुब्दा म जलनमा

गजल

देवेन्द्र सिंह वस्नेत
आफैतिर तान्न खोजी ध्यान हजुरको
जान्न बुझ्न सकिनकी ज्ञान हजुरको

अन्धकार छाएपछि चल्थ्यो जिन्दगी
नदेखेर भयो अपमान हजुरको

बाटो हेरी प्रतिक्षामा बस्न सकिन म
छिट्टै आई लैजानुस यो ज्यान हजुरको

बाँच्नुपर्दा पैतालाको धुलो बनेर
किन झार्न खोज्थे मैले शान हजुरको

Monday, March 1, 2010

गजल

सुजन बैरागी
बाधा आउछ जिन्दगीमा रुक्नु हुन्न साथी
अविरल बहनु पर्छ सुकनु हुन्न साथी

यस्तै हो यात्रामा कतै फूल कतै काडाँ
काडै टेक्नु परेपनि चुक्नु हुन्न साथी

यात्री हामी जिन्दगीको सफल हुनु छ
शोकमा डुबी चुनौतीमा झुक्नु हुन्न साथी

विषै परे पनि भागमा पचाउनु पर्छ
ग्रहण गरिसके पछि थेक्नु हुन्न साथी

हरेक समस्या दृढ भई सामना गर्नु
काएर बनि तर्कि तर्कि लुक्नु हुन्न साथी
सुप्रभात साहित्य समूह

गजल

राम प्रसाद अधिकारी
ढल्न परे सिधै ढल्छु चुकेर चै बाँच्दिन म
सामन्तको नजर सामू लुकेर चै बाँच्दिन म

केही गर्ने साहस बोकि बढ्छु सधै अघि अघि
निरिह भै शत्रुसँग झुकेर चै बाँच्दिन म

दुःख गर्छु मेहनत गर्छु खोपडीलाई चलाउँछु
दुनियाँको संघारमा ढुकेर चै बाँच्दिन म

औला ठाडा बनाएर सधै बोल्छु सत्य कुरा
झुटा, फुस्रा, बेकुफीवान फुकेर चै बाँच्दिन म

आफ्नो इज्जत अन्तर्यामी सबै सामु छिपेको छ
आफु स्वंय आफैलाई भुकेर चै बाँच्दिन म

सवैश्रेष्ठ प्राणी बन्ने विधाताले जिम्मा दियो
गल्लि गल्लि कुत्तासरि भुकेर चै बाँच्दिन म
सुप्रभात साहित्य समूह

गजल

कोमल अविरल
निष्ठुरीको दिल आज चल्छ होला खोज्दै
पश्चातापको भुमरीमा जल्छ होला रोज्दै

छाती मेरो छिया छिया पारी गइ जलाई
आज भोली मन आफै बल्छ होला सोज्दै

नलेखेको नाता अरे भन्दै अर्को सँग
केही छिनको माया प्रेम ढल्छ होला घोच्दै

निर्माेहीलाई सागर बनि आफै डुब्नु रैछ
एकै छिनमा रात पनि ढल्छ होला ढोस्दै

पुर्व जन्म पश्चिम जन्म कहिले होला पाउने
अमिल्दो बोटमा प्रेम फल्छ होला कोच्दै
सुप्रभात साहित्य समूह

गजल

कोइराला सूर्यकिरण
सिरानी आँसु पिउँछ सधै सधैको प्यासी त्यो
हेर्दा त शान्त लाग्छ सधै भित्र उदासी त्यो

न्याय नपाई आसुँ झार्छन सिरानीमा
डाको छाडेर रोए पनि रहन्छ हाँसि त्यो

ढोँगी सधैको नाङ्गो जमिनदार हुन्छ भोको
कोही सारङ्गी रेट्छ यहाँ बन्दै प्रवासी त्यो

गल्ति भयो यो आँसु सागरमा पोख्नु नै
खोज्दै छु बालुवामा आँसुको रासी त्यो
सुप्रभात साहित्य समूह