हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Sunday, March 28, 2010

मिलिजुली अघि बढौ - कविता

निरु त्रिपाठी
अन्धकारमा निसास्सिएर
उकुसमुकुस रहेको यो केदीको अस्तित्व खोज्न
आइपुग्छन जब कोही
म क्षितिज सम्म फैलिएर
नीला–नीला गगनमा
विविध स्वरहरु मिसाउदै नाच्दछु

मेरो एकान्तको पुकार
यो अरिष्ट शरीर
कुण्ठित, व्यथित मनको आवाज सुनेर
अपरिमित पाइतालाको डोबहरु मेरो निम्ती सर्दछ त !
यो जगतलाई पूर्ण बनाउने मेरो लक्ष बन्दछ ।

तिमी पनि आउ नारी हामी सँगै हिँड
भनि जेलको ताल्चा खोलिन्छ त
स्वतः मेरो हातबाट हतकडि फुत्कन्छ
अनि, हरेक कठिन यात्राहरु पनि सहज बनेर आउछँ

सुशोभन वाणीबाट मलाई हौसला दिदैँ
जब सुश्राव्य गजल मेरो निम्ति कोरिन्छ
तब यो संसारलाई मन्थन गरेर अमृत र
कल्पवृक्षहरु निकाल्न मद्दत गर्न पुग्दछु ।

द्रौपतीको इज्जत दुर्याेधनले गर्न पुग्छ
अग्नि वरीक्षा कैयौ सीताहरुबाट विलिन गराइन्छ
अनि उर्वसी र केयौ इन्द्रको पञ्जाबाट फुत्कन पाउछन भने
म विगतको तिम्रो अन्याय र अत्याचार बिर्सिएर
तिम्रो निम्ति गीत गाउन तयार छु ।

हे पुरुष
अनादिकाल देखि तिमीले मलाई
धेरै भययुक्त कहानी सुनौर सुताइरह्यौ
झ्यालको पर्दा लगाई लगाई
तर्साइ तर्साइ सुताइरह्यौ
रोशनीमय संसारको दर्शन गर्न नदिएर परिभव गरिरह्यौ
म गुम्सिएर मुर्मुरिएर बाँचिरहे
म भित्र रहेको हीरामा ढुसी आउँदा पनि
सफा गरि प्रदर्शन गर्न दिएनौ
म भित्र रहेको हीरालाई म सँगसँगै
अन्त्यष्टि गर्नको निम्ति छोडिदियौ
मेरो हीरा निमेष निमेषमा स्वतन्त्रको श्वास
मागिरह्यौ गिडगिडाइरह्यौ रोयो चिच्यायो
उसको चिच्याहट मेरो हृदयको वरिपरि ठोक्किएर
आखिर अन्त्य हुन्थ्यो
विचरा मेरो हीरा रुदाँ रुदै थकित भएर
अन्ततः दीर्घ निन्द्रामा पुग्थ्यो ।
तिमी अपराधी बन्यौ पुरुष
मलाई पनि अपराधी बनायौ
तिमी मलाई खुम्चाएर अपराधी बन्यौ
मैले मेरो हीरालाइृ निस्कन नदिएर अपराधी बने
तर पनि
यदि आज तिमी मेरो निम्ति बोलिदिन्छौ भने
हरेक दिन मरो मुक्तिको निम्ति पनि सारङ्गी रेटिदिन्छौ भने
हरेक दिन म उत्सव बन्छु
म दिवस बन्छु भने
म तिमीलाई श्राप्न छोडिदिन्छु
तिमी प्रति मेरो सम्मान अटल रहने छ
तिमी प्रति मेरो विरोध युद्ध समाप्त हुनेछ
आउ ! मिलेमतो गरौ
सन्धि गरौ
समानताको कागजमा हस्ताक्षर गरेर
समाजरुपी बगैचामा सँगै फुलौ
अनि
निसुदन, परिच्युति, परिध्वंस, परिछिन्न, अपरितोषलाई
अनावर्तन गरी
एउटा अकल्मष देशको निर्माण गरौ
अविनाशी शक्तिको धारा बगाई
हातमा हात काँधमा काँध मिलाई अघि बढौ ।
गोल्डेन गेट इन्टरनेशनल कलेज

No comments:

Post a Comment