
सरुआस्था
पुरस्कृत कविता
सान्त्वनाका कोर्राहरु
नयनको नभबाट
दुई थोपा आँसु उभारेर
स्वप्नील सम्झनामा
ताराहरुसँग नजर साटासाट गर्दै
एकपटक आफ्नो दाजुको रुप सम्झि
आमासँग प्रश्न गर्छ उ
आमा मेरो दाजु त्यो जुनसँग
खेलिरहनु भएको छ ?
स्मरणका स्फुरण गर्दै
आमाको मौन मनलाई भासि
पुनः प्रश्न गर्छ उ
अस्तिनै तपाईले
भन्नु भएको होइन
दाजु खोई भन्दा
आकाशको तारा भयो भनेर ?
हो............?
आमा साँच्चै हो....?
सबै भन्दा माथि चम्कने
आकाशको त्यो तारा
मेरो दाजु हो ?
तप्प तप्प रगत चुहिएको
मुटुबाट मूल फुटाउदै
शान्त्वनाको कोर्राहरु लगाउदै
एकपटक आमाले
आफ्नो मुख फोर्छिन
हो वा, त्यो सबेभन्दा बढी चम्कने तारा
त्यो तिम्रो दाजु नै हो
केही साल पहिले जनआन्दोलनमा
साहदत प्राप्त गरेर
आकाशको तारा भएर
उज्यालो छरिरहेछ ।
No comments:
Post a Comment