हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।

हामी आभारी छौ

सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।

Sunday, February 28, 2010

गजल

कमल राज के.सी.

भत्किएछ तिमी सम्म पुग्ने अब बाटो छैन

मुटु भित्र घाउ छ तर हेर्दा कुनै खाटो छैन

हुँ नेपाली नेपाल मेरो देश हो भन्छु तर

छ अर्कैको मुठी भित्र आफु सगँ माटो छैन

महलको मालिक यहाँ सधै दशै मनाउँछ

गरिबको झुपडिमा छाक टार्न आटो छैन

दुखेको छ जता ततै सुस्ता मात्र कहाँ हो र

दुख्न बाँकि यो देशको अब कुनै पाटो छैन

भाई फुटेर गवारले लुटि सक्दा पनि

किन भन्छौ आझै एक आपसमा फाटो छैन

एक चोटि सम्झ फेरी पुर्खाको त्यो वलिदानी

यो भूमिमा कहाँ मात्र रगतको टाटो छैन

अछाम

चन्द्र मिजास
उसैसँग चोखो प्रीत लगाएर धोका खाँए
उनकै निम्ती अश्रुधारा बगाएर धोका खाँए
आखिर आफ्नै बैश थाम्न नसकेर साथी
ससुराकी मूर्ख छोरी भगाएर धोका खाँए

हाइकु

राम प्रसाद अधिकारी
पोथी बासेर
भाले कुर्कुराउछ
मेरो देशमा
कोइराला सूर्यकिरण
छ्या कुरी कुरी

बच्चालाई होइन
नेतालाई गर

बाहिर नाङ्गो
खोल ओढेको देख्यौ ?
सक्कली नेता ।

तिमी हाँसो हौ
मादल नासो भयो
सम्बन्ध पासो

कोमल अविरल
कुरुप पर्व
रङ्गसँग नखेल्दा
होली बिग्रियो

यात्रा सँगैको

साथ छुटिएपछि
के भो अस्थित्व

माया गर्छाै रे
हिजो थुकेर जाने
पोइले छोड्दा

सागर छैन
खात सङ्काको रैछ
धोकेवाज हो

Sunday, February 21, 2010

गजल

-रबिन्द्र बि.सि.
फूल पनि हेर त उ काँडाबीच फूलेको छ
मनका सारा दुःख पीडा हाँसेरैै भुलेको छ

आँतिदैन दुःखमा मात्तिदैन सुखमा सँधै आफु
सहनशिल छ र त उ रिसमा पनि खुलेको छ

समथर फाँटहरुले सबैलाई पुग्दैन भन्ने
उसलाई थाहा छ र त उ भिरमा पनि फुलेको छ

मृत्यु कहिल्यै सोच्दैन उ र त कोमलता नहराई
घाममा होस वा वादलमा एकनासले फुलेको छ

घाम पानी झरी र हुरीबीच पनि उसले
हाँसो बाहिर निकालेर रोदन मन्मै हुलेको छ

मनने लोभिने गरि हाँसिदिन्छ र त आज उ
सबैको मनमन्दिरमा प्रिय भई फुलेको छ

गजल

-राम प्रसाद अधिकारी
मन भित्रको कुभावना मार्न सके पो जिन्दगी
दरिद्रता सयौ डाँडा तार्न सके पो जिन्दगी

बाहिरका बेकार ढुङ्गगा पुज्दै भक्ति गर्नु भन्दा
देव खोज्न अन्तर आत्मा तार्न सके पो जिन्दगी

कर्मपथमा लागे पछि अवरोधले सताउँछ
जुक्ति खोज्दै अवरोधलाई टार्न सके पो जिन्दगी

परजीवि बन्दै घिसिपिटी जीवन ज्यूनु भन्दा
बसन् तझै हराभरा पार्न सके पो जिन्दगी

अज्ञान जति लाठो मुङ्ग्रो गर्दै टाढा भगाएर
बिचारलाई हूलसरि सार्न सके पो जिन्दगी

गजल

-कोमल अविरल
म प्रेमी हु प्यारी तिमी थाम हात
सगै छौ म तिम्ले नछोडे नि साथ

रमाउ न बोली तिमीले सिकायौ
नहासी नबोली कि दिन्छौ नि घात

इसारा नजाचि म साथै रहन्छु
तिमी सँग सँगै रमाउन रात

नबिर्से रमाई तिमीले कहिल्यै
र सम्झन्छु अझै गरेकाम वात

गजल

– कोइराला सूर्यकिरण
यहाँ जात उस्तै भए पात उस्तै भयो
न पाए तिमी नै भयो घात उस्तै भयो

क भेट्थे ति बाटो र गल्लिहरूमा
बितेका अँध्यारा झनै प्रात उस्तै

म बच्चा हुदैमा बुढो हुन्छ आज
नभन्ने यहाँ छन् सबै जात उस्तै

बिताए सबैले यिनै घाम जुन
बिनाको बिताए सबै प्रात उस्तै

पिएथे नशामा तिमी डुब्न आयौ
डुबेरै हरायौ भयो मात उस्तै

भने हुन् भनेनन् सबैको यही हो
रहर्मै चुमेका सबै हात उस्तै
– मोरङ

कसो होला ?

कविता
- bodh
ए मान्छे
यसौ गरौ
काम छैन यो मुर्दा समाज
दिशाहिन जमान
थाहा छ त कता जादै छ यो ?

बरु लगेर पोलौ
चिहानमा गाडौ
सद्गन गरौ
र ध्यानदृष्टिले हेरौ
नर्क गयो भने हामी जोगियौ
स्वर्गमा गयो भने हामी धन्य भयौ
किनकी हामी क्षुद्रपनबाट जोगाएर
ठूलो पुण्य गर्‍यो।

Saturday, February 13, 2010

मुक्तक


सुजन बैरागी
समयको अघि चल्न सके पो जिन्दगी
समस्यालाई छल्न सके पो जिन्दगी
एक कुनामा आफ्नै लागि जल्नु को के अर्थ
पूरा धर्ती जगमगाई बल्न सके पो जिन्दगी

खेत बदलेर बगर बनायौ
सागर थमाएर सगर बनायौ
हो बदल्न जानेको थियौ र त
बाहुनकी छोरीलाई मगर बनायौ

मुक्तक,

बोध
उनिहरुले सम्झे होलान कि म खुरापाती रै छु
उनिहरुको भरोसा टुक्राउने विश्वातघाती रै छु
तर उनिहरुलाई के थाहा म विवसतामा बाँधिएको
उम्केर हिड्न नपाउने निरीह मनुवा जाती रै छु

हलक्क बढेको तोरी खोज्न आ’को
वर्ष दिन अघिको चोरी खोज्न आ’को
अब त के कुरा चपाउनु ससुरा बा
साथी चाहियो र तिम्री छोरी खोज्न आ’को

गजल,

राम प्रसाद अधिकारी
जीवनको हजार पल्ट परिक्षा दिएको छु
पत्याउछौ आफ्नो मुटु आफैले सिएको छु

कयौ दुःख दर्द सँग मडारिदै चल्यो जीवन
पीडा भुल्न आफ्नो हातले आफै जहर पिएको छु

लाग्ला तिम्लाई कस्तो जीवन जन्म मृत्यु चल्दै गर्ने
चिता माथि जल्दै फेरी फक्रिएर जिएको छु

सबैलाई डसि लाने यमराजलाई पाजी सम्झे
उसै सँग कुस्ति खेल्न मैदानमा उत्रिएको छु

आत्मा अमर हुन्छ देह मर्छ सधै भन्थे अरु
लाखौ पल्ट मरि फेरी नयाँ चोला लिएको छु

गजल

कोमल अविरल
म भुल्न खोजदछु कुरा बनेर याद आउँछ
कतै छ त्यो रमाइलो गनेर याद आउँछ

पिएर प्यास साथमा सदैव मख्ख पर्दछौ
यही गला यही खुसी भनेर याद आउँछ

कताकता जताततै यही खुसी छ प्यार छ
उजाडको प्रमको मनी खनेर याद आउँछ

विहान हेर त्यो रवी उदाउँदा घरी घरी
यही मधुर वासना छरेर याद आउँछ

मुक्तक


मिजास राई ‘चन्द्र’
तिम्रो अर्कैसँग रैछ गाँसवास
मलाई किन देखाउछौ आश
भो प्रस्ताव गर्दिन तिमीलाई
बेकार गुलावको सत्यनाश

सुख दुःख मिलन विछोेड जिन्दगीको रीत रैछ
तिमी विना जीवन मेरो विरहको जीत रैछ
पहिलो हरफ गाउँदा सानु सुर कतै छुटाए कि
सुर ताल मिले मात्र पिरतीको गीत रैछ

मुक्तक


गायत्री खतिवडा
खाँचो थियो कोपिलाको र पो सा¥यौ वेर्ना
वसन्तको वाग थियो त पो सा¥यौ वेर्ना
धमिरा झै भित्र भित्रै खोक्रो बनाएर
हरियाली आशा रै छ पो सा¥यौ वेर्ना

तारा र जुन तिम्रो समिप घुम्छन भने
ऋतु वसन्त वषाृ समान हुन्छन भने
जाऊ सजाउ सिउँदो मुहार जुनेली उनको
फैलाउ हात लाखौ सितार चुम्छन भने