पारुस्मृती
समीप भई तिम्रो हात समाउने चाह थियोतिमीसँगै जिन्दगीभर रमाउने चाह थियो
व्यर्थै भए स्वप्न सारा हृदयका
प्रणयको ऐश्वर्य कमाउने चाह थियो
तिम्रै निम्ती धड्ककीएको जुनी भरको फगत
स्पन्दनको चाल मात्रै छमाउने चाह थियो
पराईकै बन्धनमा बाँधिएको रै छौ
तिम्रो मनमा स्थाई डेरा जमाउने चाह थियो
अपुरै भो जिन्दगी जन्म मेरा लागि
केबल तिमीलाई वरमाला थमाउने चाह थियो
No comments:
Post a Comment