अधिकारी अनुप्रास
देउरालीमा सँगै घाँस काट्थ्यौ हामी पैलेगोठालो गै माया प्रिती साट्थ्यौ हामी पैले
एकान्तमा बसि हर्ष आनन्दका कुरा गर्न
सँगै मिली सँयौ झाडि फड्थ्यो हामी पैले
वनभरि चाहरेर एैसेलु र काफल टिपी
पिरतीको प्रसाद भन्दै बाँड्थ्यौ हामी पैले
दिनभरि यत्रतत्र कता चार्थाै चार्थाै
स्कुल गयौ भनि सबैलाई ढाट्थ्यौ हामी पैले
परिवारलाई परिक्षा छ भनि ढाँटिवरी
औला ठोकी स्वर्णीम भाषण छाट्थ्यौ हामी पैले
सदस्य
No comments:
Post a Comment