केशबराज ‘निश्चल’
तिमी मेरो प्यारो भन्दै जालमा फसायौआफु खायौ मलाई अनिकालमा फसायौ
तिमी महलकी परि म सानो झुपडीको प्यारो
देख्यौ र पो फरक मलाई बेहालमा फसायौ
पियौ स्वार्थ पूरा ग¥यौ तिमीले बिर्सिदियौ धारो
आफु त¥यौ मलाई ठूलो छालमा फसायौ
राजनीति झै तिम्रो माया नबुझेरै सायद
माघ उन्नाइसको कुटिल बुद्धिचालमा फसायौ
मायाको दाउमा राखि रहदाँ तिमीले
सधै हार्ने जुवाको खालमा फसायौ
बाँच्दै छु म आज एक्लै काडाँ टेक्दै संसारमा
स्वर्ग भन्दै छि नरकको आहालमा फसायौ
No comments:
Post a Comment