सुजन बैरागी
तिमीले महल ताक्यौ मैले यहि झुपडी टालीराछुतिमीले बाली गयौ पानस मैले तेल हालीराछु
आफ्नै मात्र सोच्दा रैछन् अरुको केही वास्ता छैन
धोका खाईसकेपछि बल्ल चिन्न थालीराछु
फूल देखाई काँडा दिँदारैछन् कहाँ कोही कोही
काँडैकाडा भयो जीवन काडैमा पद चालीराछु
यता हे¥यो छिद्रैछिद्रा उता पनि उस्तै देख्छु
कुनै दिन त टालीएला आशा मनमा पालीराछु
अँधेरो छ संसारसँगै मन पनि अधेरो नै
ज्योती दिन पनससँगै मनको दीप बालीराछु
No comments:
Post a Comment