तिब्बत दर्लामी ‘आगन्तुक’
नसोध साथी देशको हाल माटो छ दुखेकोकसरी पुग्ने लक्ष्यमा हामी बाटो छ दुखेको
चन्द्र र सूर्य नेपाली झण्डा पिरले गल्दैछ
दाजु र भाई मिलन छैन फाटो छ दुखेको
सगरमाथा रोएको कठै ! कस्ले पो देख्छ र ?
ढुक्ढुकी चल्छ मुटुको भित्री पाटो छ दुखेको
आगोको वर्षा दर्किन खोज्छ बुद्धको बस्तीमा
युद्धको घाउ बल्झिन्छ क्यारे खाटो छ दुखेको
सक्दछौ भने शहिद तिमी फर्केर आउ न
रगत त्यसै सुक्ने भो हेर टाटो छ दुखेको
No comments:
Post a Comment