मणि अर्याल
देशको लागि काम लाग्ने गजल लेख्न सकिन मैलेआमा रुदाँ आसुँ पुछ्ने गजल लेख्न सकिन मैले
सयौ पटक बहिनीहरु बलत्कृत हुदाँ पनि
सुरक्षाको कबज बन्ने गजल लेख्न सकिन मैले
विकृती र विसङ्गती सँग लड्दा खेरी छारे तर
गरिबीको लडाई जित्ने गजल लेख्न सकिन मैले
जताततै देख्छु म अराजक गतिविधि
समाधानको गोरेटोको गजल लेख्न सकिन मैले
देश दुख्दा कविहरुले कलम चलाउन छाडेको बेला
श्रष्टाहरुलाई झक्झक्याउने गजल लेख्न सकिन मैले
नेपालगञ्ज
No comments:
Post a Comment