कोईराला सूर्यकिरण
मेरो जिन्दगीको बन्ने आकार तिमीलाईउन्नती ले गरेका यि साकार तिमीलाई
आँखामा प्रेम फुलाएर रोप्नु छातीभरी
टेकी हिड्ने यो धर्ती आधार तिमीलाई
जति राखे नभरिने यो धर्तीको माया
गगन भरी खुल्ने जूनको हार तिमीलाई
कोही दिन्छु भन्छन फूल कोही जून तारा
मेरो हेर्ने नजर उपहार तिमीलाई
समाजले पौरखा र उर्जा हेर्छ तिम्रो
कमी छैनौ नारी आधा संसार तिमीलाई
No comments:
Post a Comment