बिमला पोख्रेल
समयले थप्दै गयो चोट जिन्दगीकोभत्के पछि आशा अनि अठोट जिन्दगीको
एकातिर टाल्दै लान्छु अर्काे तिर च्यातिदैछ
लाए पछि माया मानी खोट जिन्दगीको
फिका भए जीवनका रङ्ग सुकेपछि आस्थाका फूल
परे पछि वगरमा बोट जिन्दगीको
जहाँ टेक्छु पहिरो जान्छ बोझ भएकी धर्तीको
नपाउदा आधार अनि सपोट जिन्दगीको
आफ्नै ठाने जीवनमाने छल्यो आज कर्मले नै
बिक्यो आज पिरतीमा नोट जिन्दगीको
दुख्दा कतै मनहरु कतै हर्ष उल्लास हुन्छ
किन ? फरक फरक हजुर बनोट जिन्दगीको
No comments:
Post a Comment