केशवराज निश्चल
छोडी गयौ निष्ठुरीले गुण बिस्र्याै तिमीलेप्रभातमा पाइला टेक्यौ जून बिस्र्याै तिमीले
बाँधिएको थियौ तिमी बन्धनमा असिम प्यारको
हीरा पायौ आज भोली सुन बिस्र्याै तिमीले
तड्पाएर बगायौ आसुँको मूलमा जीवन
पेट भ¥यौ जुठो हात धुन बिस्र्याै तिमीले
क्षितिज नाघेको गोधुलीको चमक फि¥यो पुन
बाँच्यौ आज उकमुठी त्यो खुन बिस्र्याै तिमीले
रुदै छौ रे आज भोली सुन्छु चोटै चोटमा
मैले देको उपदेशमा कुन बिस्र्याै तिमीले
No comments:
Post a Comment