सुजन बैरागी
आज मेहन्दी चुरा र सिंदुरले रङ्गेको दिन होबाध्यतामा मेरी उनी अन्मेको दिन हो
तर पनि म धेरै खुसि छु सोध त किन
किनकी आज म जन्मेको दिन हो
आगो लगाएर आफै सल्क्यो भन्छौ
ऐना कोल्ट्याएर कस्तो टल्क्यो भन्छौ
तिमी त साँच्चै पढ्न नसकिने किताब रैछौ
डाक्छौ र आउँदा पल्क्यो भन्छौ
छुटेर गयो नभन्नु
चुटेर गयो नभन्नु
रोक्न सकेन तिम्रो बैशले
लुटेर गयो नभन्नु
No comments:
Post a Comment