केशवराज निश्चल
दिनरातै चिच्याउदै कराएर रोयौ सानुजिन्दगीलाई ठूलो बरबाद गराएर रोयौ सानु
काडाँ बीचमा फुलेर ओईलिएको फूल ठानी
जीवन देखि तिमी अति डराएर रोयौ सानु
नमेटिने दागहरु ब्सेछन र पो यादमा
बल्झेको घाउ घरिघरि चराएर रोयौ सानु
सम्झिएर हरपल तिमीले आखाँ बाट मूल फुट्दा
मनै थाम्न नसक्दा बर्बराएर रोयौ सानु
सपनीमा सोचे जस्तो कहाँ हुन्छ र बिपनीमा
एकमनले त लाग्थ्यो मन पराएर रोयौ सानु
अतित सम्झि घरि घरि लडिबुडि गर्दै
बेहोशी भै संसारमा हराएर रोयौ सानु
No comments:
Post a Comment